भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद बैठकद्वारा स्वीकृत
काठमाडौँ । सरकारले लिम्पियाधुरासमेतलाई समेटेर भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले प्रस्तुत गरेको नक्सा स्वीकृत गरेको हो ।
सरकारले नीति तथा कार्यक्रममार्फत भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने बताएको थियो । त्यसै अनुरुप नयाँ नक्सा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।