स्वयंसेवकको नाममा नागढुंगामा चिकित्सकलाई दुव्र्यवहार गर्ने युवक पक्राउ
काठमाडौं । बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुव्र्यवहार गर्ने उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नाका नागढुंगामा कार्कीलगायतको समूहले राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने कीट लिन आएका निर्देशक कार्कीलाई गाडी जाँचको बहानामा दुव्र्यवहार गरेका थिए ।
कार्कीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् । कार्कीको समूहले निर्देशक कार्कीको गाडी रोकेर खानतलासी गरेका थिए । स्वयंसेवकको नाममा कानुन हातमा लिएको भन्दै सर्वत्र विरोध भएपछि प्रहरी कार्कीलाई पक्राउ गर्न बाध्य भएको थियो । कार्कीको समहूले निर्देशक कार्कीलाई दुव्र्यवहार गरिरहँदा त्यस दिन प्रहरी भने मुकदर्शक बनेको थियो ।