भारत जुन तहमा वार्ता गर्न चाहन्छ, नेपाल त्यसमा तयार छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा भारतले अतिक्रमण गरेर सडक बनाएकोले तत्काल वार्ता गर्न भारत तयार हुनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको अन्तिम सीमा काली भएकोले यसमा कुनै विवाद नभएको बताए ।

सन् २०१९ मा भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि मार्चसम्म लगातार वार्ताका लागि पहल गर्दा पनि तयार नभएकोसमेत प्रधानमन्त्री ओलीले बताएका थिए । प्रधानमन्त्रीले पुर्खाले लडेर बचाएको भूमि अडेर फिर्ता ल्याउनेसमेत बताए । प्रधानमन्त्री ओलीले भारतले यो समस्या समाधानका लागि जुन तहमा वार्ता गर्न चाहन्छ त्यही तहमा नेपाल तयार रहेको जानकारी पनि बैठकमा गराएका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुले तत्काल भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् ।

काँग्रेस सभापति देउवाले काली नदी पूर्वको सबै भूभाग नेपालको भएको भन्दै समस्या समाधानका लागि सरकारले भारतसँग पहिले एक्लै र त्यसपछि भारत र चीनसँग त्रिपक्षीय वार्ता गर्न सुझाव  दिएका थिए । सन् २०१५ मा चीन र भारतबीच भएको समझदारीलाई लिएर नेपालले वार्ता गर्नुपर्ने पनि आफ्नो राय रहेको उनले जानकारी दिए ।

बैठकमा वार्तामा भारत आउनैपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए । उनले लिपुलेकलगायतका क्षेत्रमा समस्या नसुल्झिएको स्वीकार गरिसकेको अवस्थामा सडक बनाएर उद्घाटन गर्नु कुटनीतिक र अन्तर्रा्ष्ट्रिय कानुन, मान्यता र दृष्टिकोणका आधारममा पनि न्यायोचित नरहेको बताए ।

यस बिषयमा नेपाल सरकारले स्पष्ट धारणा राखिसकेको भन्दै उनले आवश्यक परे थप धारणा सार्वजनिक गर्ने बताए । अन्य दलका नेताहरुले देशको समृद्धि, कोरोना विरुद्धको संघर्ष र लिपुलेकलगायतको राष्ट्रियताको विषयमा सरकारले चाल्ने सकारात्मक कदममा सहयोग गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापामा सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाइयो

झापा। वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी छ : प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने

माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु

फिक्कल (इलाम) । इलामको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन्

लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति