५० हजार घुस रकमसहित नेपाल प्रहरीका सई र जवान पक्राउ



काठमाडौं । नेपाल–भारत सीमा नजिकै रहेको सर्लाहीको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ ।

भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्नमा सहज गरिदिने भनेर घुस लिएको अवस्थामा रङ्गेहात सिंह र यादवलाई पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ ।

सइ सिंहले प्रहरी जवान यादवलाई प्रयोग गरी घुसवापत सो रकम मागेको टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिवासस्थित कार्यालय लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोटाङमा मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

खोटाङ । खोटाङको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर निधन

कालीगण्डकी नदीमा बेलिब्रिज जडान

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न

घुसकाण्डमा मुछिएका संघीय मामिला मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौं । घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका

पाँच करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार