तत्काल न्यायाधीश सिफारिस रोक्न नेपाल बारको माग



काठमाडौं । न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेको भन्दै नेपाल बार एसोसिएसनले असन्तुष्टि व्यक्त गरेको छ । अनौपचारिक बैठकपछि बिहीबार बारले विज्ञप्ति निकाल्दै तत्काल न्यायाधीश सिफारिस रोक्न मागसमेत गरेको हो ।

‘न्यायपरिषद्को सम्मान र मर्यादा कायम राखी जनआस्थामा अभिबृद्धी गर्ने कुरामा न्यायपरिषद्का सदस्यहरु जिम्मेवार र जवाफदेही हुनुपर्नेमा आफै सर्वोच्चको न्यायाधीश बन्न कोशिश गरिराखेको भन्ने व्यहोराका समाचारप्रति नेपाल बारको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ,‘परिषद्का सदस्य आफूले आफैलाई न्यायाधीश बनाउन लविङ गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न सकिन्न।’

न्यायपरिषद्ले न्यायपालिकाको गरिमा घटाउने गरी न्यायपरिषद्का सदस्यलाई न्यायाधीश नियुक्ति गर्ने पद्धत्ति गलत भएको उक्त विज्ञप्तिमा जनाएको छ। संविधानको धारा १५३ बोमोजिम गठित न्यायपरिषद्को काम कर्तव्य र अधिकार संविधान र न्यायापरिषद् ऐन २०७३ बोमोसिजम हुनुपर्ने भनाइ बारको छ ।

न्यायपरिषद्का सदस्यहरुले न्यायपालिकाको स्वतन्त्र, स्वच्छता र गरिमा कायम राख्ने कुरामा जानकार हुनुपर्ने भनाईसमेत बारको छ। आज बिहानै सर्वोच्चको न्यायाधीश सिफारिसको लागि परिषद् सदस्य पदम वैद्यले राजिनामा दिएका छन्। वैद्यलाई न्यायाधीश नियुक्तीका लागि आजै सिफारिस गर्ने तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई

पर्यटक आगमनमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा

सगरमाथा आरोही बुढामगरलाई एमालेको सम्मान

काठमाडौं । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको

राष्ट्रपतिद्वारा रेशम चौधरीको बाँकी कैद मिनाहा

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको फैसलाबाट