बजार अनुगमन नहुँदा बस्तुको गुणस्तरमा कमी आएको र मूल्यवृद्धि अत्याधिक भएको गुनासो



काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमी आएको र मूल्यवृद्धि अत्याधिक भएको बताएका छन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोक्ता हित अनुगमन उपसमितिको मंगलबारको बैठकमा उपभोक्ताकर्मीहरुले नीतिगत व्यवस्था र अनुगमन गर्ने विभागमा सुशासनको अभाव हुँदा अनुगमन प्रभावित भएको बताएका हुन् । उनीहरुले बजार महँगो हुनुका साथै गुणस्तरहीन वस्तु आउँदा समेत अनुगमन हुन नसकेको बताएका छन् ।

अत्यावश्यक वस्तुहरु दुध, तरकारी, पानी, तेल, औषधी लगायतका वस्तुको गुणस्तर र मूल्यमा अनुगमन आवस्यक रहेको उनीहरुको भनाई छ ।

बैठकमा उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्ने विषयमा उपभोक्ताकर्मीहरुसँग पहिलो चरणको छलफल गरिएको उपभोक्ता हित अनुगमन उपसमिति संयोजक नरबहादुर धामीले बताए । उनले अत्यावश्यक उपभोग्य वस्तुमा अनुगमन आवश्यक रहेको बताए ।

उपसमितिले दुध, पानी, दाल, चामल, तेल, औषधी लागयतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तर लगायतमा अनुगमन गरी एक महिनाभित्र समितिमा प्रतिवेदन बुझाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एयर इण्डियाकातर्फबाट देखिएको लापरबाहीका सम्बन्धमा छानबिन गर्न समिति गठन

काठमाडौँ । पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला

शेर्पा समूहले मकैबारी खोल्यो एक अर्ब लगानीमा रिसोर्ट

काठमाडौं । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ ।

राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना

गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र