नारायणकाजीले भने -भारतले मिचेको नेपाली भूमि सरकारले फिर्ता गरेरै छाड्छ



भक्तपुर । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले मिचेको नेपाली भूमि नेकपाले मात्रै फिर्ता ल्याउन सक्ने दाबी गरेका छन् ।

उपनिर्वाचनको प्रचारका क्रममा आइतबार बिहान भक्तपुर पुगेका श्रेष्ठले नेपालको कालापानी लगायत मिचिएको भू–भाग नेकपाले मात्र फिर्ता गराउन सक्ने दाबी गरेका हुन् ।

सरकारले कालापानी, लिपुलेक ,लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको भन्दै उनले कुटनैतिक पहलबाट मिचिएको भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको दाबी गरे ।

यही मंसिर १४ गते हुने उप निर्वाचनमा भक्तपुरको १(क) मा प्रदेशसभाका लागि निर्वाचन हुँदैछ। त्यस क्षेत्रका नेकपाका उम्मेदवार डिपी ढकालको चुनावी अभियानलाई सघाउन श्रेष्ठ भक्तपुरको झौखेल पुगेका हुन् ।

उनले नेपालको स्वाधीन रक्षाका लागि नेकपाको विकल्प नभएको भनी आफ्ना उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई

पर्यटक आगमनमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा

सगरमाथा आरोही बुढामगरलाई एमालेको सम्मान

काठमाडौं । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको

राष्ट्रपतिद्वारा रेशम चौधरीको बाँकी कैद मिनाहा

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको फैसलाबाट