बाबुराम भट्टराईको दाबीः सत्तारुढ नेकपा उठ्नै नसक्ने गरी पतन हुन्छ



काठमाडौ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भविष्यमा फेरि उठ्नै नसक्ने गरी पतन हुने दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा पार्टीको संघीय परिषद बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले सत्तारुढ नेकपा दार्शनिक, बैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भईसकेको निष्कर्ष निकाल्दै आउँदा केही वर्ष भित्र फेरि उठ्नै नसक्ने गरी पतन हुने दाबी गरेका हुन् ।

नेकपाका ठूल्ठूला नेताहरुको भ्रष्टाचार तथा नैतिक पतनका घटना लज्जाजनक ढंगले उदांगिदै जानु यसैको उदाहरण भएको उनले उल्लेख गरेका छन् । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस भने आफ्नो असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको अवस्थामा रहेको भट्टराईको विश्लेषण छ ।

संघीय परिषदका अध्यक्ष भट्टराईले सरकारमा पार्टीको संलग्नताबारे गम्भीर समीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले महत्वपूर्ण निर्णय लिँदा सत्ता साझेदार आफ्नो दलसँग सामान्य सरसल्लाहकार समेत नगरेकोमा असन्तुष्टि जनाउँदै अब पनि संविधान संशोधन गर्न सर्त पालना नभए सरकारबाट बाहिरिनुपर्ने अवस्था आउने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई

पर्यटक आगमनमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा

सगरमाथा आरोही बुढामगरलाई एमालेको सम्मान

काठमाडौं । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको

भारत भ्रमणमा ऐतिहासिक तथ्यका आधारमा सिमानाको विषय उठाउन प्रधानमन्त्रीलाई एमालेको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र