प्रधानमन्त्रीलाई भेटेर आएका प्रचण्डले भने–डायलासिस गरेपछि उहाँको स्वास्थ्य सामान्य हुँदै गएको छ



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार दिउँसो भेट गरेका छन् ।

प्रधानमन्त्रीलाई भेटेर फर्केपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको बताए । उनले भने,‘डायलसिस भएपछि एकैछिन रेष्ट गरेर डिस्चार्ज हुँदै हुनुहुन्छ। आज बालुवाटार जानुहुन्छ।’

डायलसिस गरिसकेपछि उहाँको स्थिति सामान्य हुँदै गएको उनले बताए । प्रधानमन्त्री ओलीलाई भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल पनि अस्पताल पुगेका थिए ।तर उनीहरू भने प्रधानमन्त्रीलाई भेट्न नपाइ फर्किएका थिए ।

प्रधानमन्त्रीको बुधबार पनि डायलासिस गरिएको थियो । प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यो मिर्गौला पनि अहिले कमजोर भएर समस्या हुने गरेको छ । रगतमा ’एन्टिबडी’ को मात्रा बढेर समस्या भएपछि उनले गत भदौमा सिंगापुर गएर ’प्लाज्माफेरेसिस’ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई

पर्यटक आगमनमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा

सगरमाथा आरोही बुढामगरलाई एमालेको सम्मान

काठमाडौं । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको

भारत भ्रमणमा ऐतिहासिक तथ्यका आधारमा सिमानाको विषय उठाउन प्रधानमन्त्रीलाई एमालेको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र