प्रचण्ड र प्रधानमन्त्रीबीच समसामयिक घटनाक्रमबारे छलफल



काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार उनीहरुबीच भएको भेटघाटका क्रममा समसामयिक विषयमा छलफल भएको अध्यक्ष ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

प्रेस सल्लाहकार सापकोटाले भने,“प्रधानमन्त्री अजरबैजानबाट फर्किएपछि दुई अध्यक्षबीच हिजै भेटघाट हुने कुरा थियो, हिजो समय नमिलेपछि आज भेटघाट भएको हो । भेटमा प्रधानमन्त्रीको विदेश भ्रमण र अरू दैनिक घटनाक्रम भन्दा अन्य कुनै पनि विषयमा छलफल भएको छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगातारको वर्षाका कारण मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै

मेलम्ची । पहिले मेलम्ची–७ दुवाचौरका जितु भारतीले सजिलै सामान लैजाने गरेका थिए ।

उद्धार गरिएका बाघलाई चितवनको देवनगरमा राखिने

चितवन । उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि

भक्तपुरका जुजु धौ व्यवसायीलाई माग धान्न भ्याइनभ्याइ

लक्ष्मी गारु, भक्तपुर । भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको

चट्याङ लागेर कञ्चनपुरको पुनर्वासमा दुईजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको