लकडाउन थप्न समितिको सिफारिस, मन्त्रिपरिषद्ले निर्णय गर्ने



काठमाडौं । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको समिति बैठकले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

कति दिन लकडाउन थप गर्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्ने मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले बताए । सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको र यसबारे थप निर्णय बुधबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले उनले बताए । । सचिव बिडारीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिले गरिरहेका कामहरु ठिक भएको निष्कर्ष निकालेको जानकारी दिए ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि सुरु भएको देशब्यापी लकडाउनको पछिल्लो म्याद बैशाख २५ गते सकिँदै छ । कोरोना संक्रमित देशका विभिन्न स्थानमा देखिरहेका बेला र लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारले स्पष्ट निर्णय गर्न सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चन

  काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि

फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री