पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई कोरोनाको आशंका
काठमाडौँ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई कोरोनाको आशंकामा पाटन अस्पताल भर्ना गरिएको छ । चैत ५ गते लण्डनबाट फर्किएको उनीहरुलाई कोरोनाको भएको आशंकामा अस्पताल भर्ना गरिएको हो ।
आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीले अपार्टमेन्टलाई सिल गरेको छ ।