कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गरौंः पूर्वराजा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वाभाविक चुनौतीहरुको सामना गर्न एकता अपरिहार्य भएको बताएका छन् । नयाँ वर्ष २०७७ शुभकामना दिँदै पूर्वराजा शाहले मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नुतन इतिहास रच्ने सफलता नेपालीलाई प्राप्त होस् भनी कामना गरेका छन्।
उनले सन्देशमा कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्मस्वीकार गर्न आग्रह गरेका छन्। सन्देशमा भनिएको छ, ‘राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुनेछ।’