कुटनीतिक माध्यमबाटै कालापानीबाट भारतीय फौज फिर्ता पठाउँछौंः संचारमन्त्री बास्कोटा



काठमाडौं । सरकारले अतिक्रमित भूमिका विषयमा कूटनीतिक माध्यमबाटै समस्या समाधानको प्रयास भएको स्पष्ट पारेको छ । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूभाग नेपाली भूभाग हो भन्ने प्रमाण र तथ्यको आधारमा सरकारले कूटनीतिक पहल गरेर भारतीय फौज फिर्ता पठाउने बताएका हुन् ।

उनले भने,‘ लिपुलेकमा चर्का कुरा गरेर हुँदैन । कूटनीतिक माध्यमबाट वार्ताको टेबलमा बसेर भारतीय फौज हटाउँछौं।’

उनले चीनसँगको सीमा विवाद समाधानका लागि समिति बनेको र समितिले अब काम थाल्ने जानकारी दिए । उनले कालापानी र लिपुलेक नेपालकै भएको तथ्य र प्रमाण जुटिरहेको भन्दै कूटनीतिक माध्यमबाट अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वतन्त्र प्रदेशसभा सदस्य पुन माओवादी केन्द्रमा प्रवेश

बुटवल । लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र)

‘प्रधानमन्त्रीज्यू, मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईंलाई थाहा छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई जनताको मुख थुन्ने भन्दा

सरकारमा सहभागिताका विषयमा छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी

कुनै किसिमको कमीकमजोरी नेपाली कांग्रेसबाट हुनु हुँदैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनै पनि