गुल्मीमा नेकपाले लगायो उम्मेदवारको टुङ्गो, गिरी सिञ्जाली उम्मेदवार



गुल्मी । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । सिञ्जाली सोही वडाका वडासदस्य हुन् ।

उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिए । नेपाली काङ्ग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाएको छैन । पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मतरूपमा चयन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नुहुँहैन : उपप्रधानमन्त्री श्रेष्ठ

पाटन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा(पूर्णपाठ)

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा

एक घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक सोमबार ११ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लाागि स्थगित भएको छ । एमालेलगायत विपक्षी दलको

प्रतिनिधिसभाको बैठक एकघण्टाका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरुको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नागरिकता विधेयक