लघुकथा:जुत्ताको मोल



प्रभादेवी पौडेल
-“अहँ भिनाजु पचास हजार नभई त हामी मान्दै मान्दैनौं।” -“हो दिदी बिदेशबाट आएको भिनाजु यही त कम जस्तो लागेको छ।” सालीहरुका यी कुराले जन्ती पक्षकाले भने , -“हैन साली नानी हो, की भिनाजुलाई नै यतै राख्ने हो त?” अर्काले भन्यो ,-“मान्छे किन्दा पनि यति महंगो पर्दैन गाँठे।” फेरि अर्काले भन्यो , -“पचास हजार दिएर पाँच हजारको जुत्ता फिर्ता लिनु भन्दा खुरुक्क पच्चिस सयको जुत्ता किनौ बरु।” बेहुलाको बाऊलाई निक्कै पीर पर्यो। उनले एउटी साली भनेर बाढीमा दश हजारको हिसाब गरेर आएका थिए।त्यहाॅ त कडा कडा दसौं साली देखा परे।
भोलिको बिहेको पार्टी छ।ऋण काढेर ल्याएका पैसा, छोरो जापान गएको भनेर के गर्नु एक जनाको कमाई। जोडी नभई बचत हुँदैन भनेर बिहे गर्न आएको सौगात। नदिउँ भने ईज्जत जाने डर दिउँ भने ऋण खोजेर ल्याएको पैसा।बाबुको मलिन अनुहार देखेर सौगात भावुक बन्यो। मैले सालिलाई नै भनेर एउटा स्पेशल उपहार ल्याइदिएको छू जापानबाट, भिडले गर्दा सुट्केसको साँचो कता परेछ, दुरानमा आउॅदा लिएर आउॅछु ,अब भन साली पचास हजार लिने की तीन लाखको उपहार लिने?”

यो कुराले सालीलाई लोभ जागेर आयो र भनि ,-” उसोभए हुन्छ भिनाजु हजुरले जति दिनूहुन्छ आफ्नो बिचार।”सालीका कुरा सुनेर दुलाहाको बाउले रु पाँच हजार झोलाबाट झिकेर छोराको हातमा थमाई दिए। बिहेको भोली पल्ट त दूई परिवार जोडिए पछि वास्तबिकता त थाहा भैहाल्यो।नितुका बाले आमालाई भने घरको अबस्था त ठिक ठिकै रहेछ बुढी तर ज्वाँई साहेब भने असल रहेछन् ।”

पर्सिपल्ट सौगात दुलहीको साथ लागेर नयाँ ससुराली गयो। दूई दिन बसेर घुल मिल भएपछि सौगातले सालिलाई भन्यो,-” म दोश्रो हप्ता जापान जाॅदैछु सरु, यो मेरो हातको मोबाईल तिमीलाई , दूई चारदिनको कुरा हो म दिदीकै मोबाइलबाट काम चलाउॅछु।” भनेर सालीको हातमा मोबाइल के दिएको थियो सौगातले, तुरुन्त दिदिले बैनीको हातको मोबाइल खोसेर भनि ,-“बहिनीलाई पछि पठाईदिए हुन्छ मोबाइल भनेको ब्यक्तिगत हुनुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लकडाउन र जनजीवन

लघुकथा: लकडाउन र जनजीवन प्रभादेवी पौडेल । केहि दिन यता एउटी सुन्दरी नदीको

तेरो पानी जहाज लैजा, चुच्चे रेल लैजा, त्यसको बदलामा सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !

सरकार ! तेरो पानी जहाज लैजा चुच्चे रेल लैजा तेरो स्मार्ट सिटी लैजा

पोहोर साल जस्तै यो साल पनि कात्रोमा खल्ती हाल्यो साथीले !!

हामी जब जब मर्न थाल्यौं खेती गर्न थाल्यो साथीले ! पोहोर साल जस्तै

कविता : पर्खाइ

म यति खेर प्राकृतिले दिएको सुन्दर बिस्तरामा छु, चारै तिर खुल्ला छन् मेर