लघुकथा:भाग्य



प्रभादेवी पौडेल
कुनै एउटा गाउॅमा आमा छोरा बस्दथे। उनीहरु निक्कै गरीब थिए।छोरो सानो थियो र स्कूल जान थालेको थियो।आफुले जति दु:ख सहेर पनि छोरोलाई राम्रो स्कुलमा पठाउने पतिको सपना पुरा गर्ने अठोट लिएकी थिइन् मायाले । एकदिन हेडसरले पठाएको चिठी भन्दै छोराले आमाको हातमा एउटा कागज दियो।यो पढेर उनी निक्कै भावुक भईन्।यो देखेर छोराले सोध्यो ,-“के लेखेको रहेछ आमा त्यो कागजमा ?” -“तिम्रो जाँचको रुटीङ निस्केको रहेछ अब भोलिदेखि तिमी घर बसेर पढ्ने, आमा पनि काममा जान्न बाबु।”

केही दिन उनी काममा नगई छोरालाई हौसला दिँदै गईन्। तर गुजारा गर्न निक्कै मुश्किल पर्यो।खाना खाने बेलामा उ प्राय आमालाई सोध्ने गर्दथ्यो,-“आज तपाईले खाना किन नखानु भएकोआमा?” उनले उत्तर दिने गर्दथिन् ,-“आज मेरो ब्रत हो बाबु ।” -“केको लागि ब्रत आमा ?” -“भगवान खुसी पार्न।” -“हाम्रो भगवान रिसाएका छन् हो आमा?” -“हो बाबु।” -” के गरे खुसी हुन्छन् त ती भगवान?” -“तिमी ज्ञानी भएर राम्रो पढ्यौ भने खुसी हुन्छन् बाबु ।” आमाका कुरा सुनेर उसले स्कूल जाने इच्छा जाहेर गर्यो।उनले छोरालाई स्कूल भर्ना गर्न धेरै ठाउॅमा भनसुन गरिन् र भनिन् , -“हुन्छ नी तर त्यो स्कूल होइन बाबु अर्को स्कूल जाने । ” टुहुराका दिन एकपटक आबश्य फिर्छन् भने झै उनीमाथि कसैले दया गरेर कुनै स्कूलमा काम पनि त्यहीं गर्ने र छोरोलाई पनि त्यही स्कूलमा पढ्ने ब्यबस्था मिलाइदिए।

छोराले सबै आफु सरहका साथी भेट्टाएर निक्कै रमायो र मेहनत गरेर पढ्न लाग्यो। उ कक्षामा संधै प्रथम हुन्थ्यो। सबै तहका शिक्षा छात्रबृत्तिमा पढ्ने अबसर पायो।जागिर पनि राम्रै पायो। धेरै कमायो। शैक्षिक क्षेत्रको ठुलै मान्छे बनेको हुनाले प्राय बिद्यालयमा उसलाई प्रमुख अतिथिको रुपमा बोलाउॅथे।एकपटक उसलाई एउटा बिद्यालयको रजत जयन्तिमा प्रमुख अतिथिको रुपमा बोलाइयो। उसले मनतब्यको क्रममा ठुलो रकम गरीब छात्रबृत्तिको लागि बोल्यो यो सुनेर सबैले पटट ताली पिटे। जानु भन्दा अगाडी उसले आफुलाई ओढाएको खादा र मायाको चिनु नजिकै बसेका ठुलो पावर वाला चस्मा लगाएका बृद्धलाई सुम्पियो।यो देखेर सबै मुखामुख गरे।ती बृद्ध त्यसै बिद्यालयका पुर्ब हेड सर थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोहोर साल जस्तै यो साल पनि कात्रोमा खल्ती हाल्यो साथीले !!

हामी जब जब मर्न थाल्यौं खेती गर्न थाल्यो साथीले ! पोहोर साल जस्तै

कविता : पर्खाइ

म यति खेर प्राकृतिले दिएको सुन्दर बिस्तरामा छु, चारै तिर खुल्ला छन् मेर

लघुकथा: पुरुष मन

प्रभादेवी पौडेल। नरहरिले पहिली श्रीमती दुई सन्तान छोडेर परलोक गएपछि लामो समयसम्म बिहे

देश किन बनेन ?

डा.गोविन्दशरण उपाध्याय । इतिहास हातमा हुँदैन । प्राप्त भएका तत्थ्यहरूका आधारमा लेखिन्छ ।