लघुकथा: कुलपुजा



प्रभादेवी पौडेल
-“राजु ! हामी त भोली सबै गाउॅ जाने हो बाबाले भन्नु भएको।” -“किन नी समिर?” -“पर्सी कुलपुजा छ रे काका ठुलो बाबा सबै आउने रे क्या मज्जा हुने भयो । ” समीरका कुरा सुनेर राजु गम्भिर भयो। स्कूलबाट आएर कपडा फेर्न नपाउॅदै आमालाई सोध्यो, -“मामु कुल पुजा भनेको के हो?” उसको जिज्ञासा देखेर आमाले उत्तर दिईन्,-” कुलपुजा भनेको हाम्रा पुर्खा पितृहरुलाई सम्झेर पुजा गर्नु हो बाबु ।” -“हाम्रो घरमा कुल पुजा हुँदैन आमा ?” -“किन नहुनु हामी पनि भोली बस्तिमा बुढोघर जाने हो बाबु ,त्यसैको लागि त तिम्रो बाबा सामान किन्न जानुभएको छ।” आमाका कुरा सुनेर राजुको मुहारमा एक्कासी चमक देखियो।

कुल पुजाकै दिन बिहान राजु बाबा ममीसॅग बुढोघर गयो। आफ्ना जतिसबै अघिल्लो दिनमै जम्मा भै सकेका थिए।पुजाको दिन बिहान सबै घर नजिकको जंगलमा जहाँ कुलको थान स्थापना गरेका थिए त्यतै तिर गए। राजु पनि जंगी कालो रंगको बोको डोर्याउदै गयो। त्यही कालो बोकाको भोग दिएर कुल पुजा गरे र त्यतै पकाएर खाई घर आए।

त्यसको केही महिना पछि घरमा हजुरबुवाको श्राद्ध आयो। राजुले सोध्यो ,-“यो श्राद्ध भनेको के हो बाबा?” छोराको कुरा सुनेर बाबाले उत्तर दिए ,-“श्राद्ध भनेको हाम्रा मरेका पितृहरुलाई मरेको तिथि पारेर सम्झने दिन हो बाबु।” बाबाको कुरा सुनेर राजुले भन्यो, -“त्यसो भए आज घरमा कालो बोका काट्ने दिन रहेछ हगि बाबा?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लघुकथा:जुत्ताको मोल

प्रभादेवी पौडेल । -“अहँ भिनाजु पचास हजार नभई त हामी मान्दै मान्दैनौं।” -“हो

लघुकथा:भाग्य

प्रभादेवी पौडेल । कुनै एउटा गाउॅमा आमा छोरा बस्दथे। उनीहरु निक्कै गरीब थिए।छोरो

लघुकथा: भुल

प्रभादेवी पौडेल । भाजुरत्न र मिठालाल सानै देखि निक्कै मिल्ने साथी थिए। उनीहरु

लघुकथा: अन्तरमनको पीडा

प्रभादेवी पौडेल। -“बुढी उठ न अब त छिटो ! बाहिर हेर त झलमल्ल