लघुकथा: अन्तरमनको पीडा



प्रभादेवी पौडेल।
-“बुढी उठ न अब त छिटो ! बाहिर हेर त झलमल्ल भैसकेछ।” -“ए हो त रहेछ, किन किन बुढा आज राती यी हात गोडा बाउॅडिएर फिटिक्कै निद्रा लागेन बिहानी पख झुपुक्क आँखा लागेछ।” -” मलाई भन्नु पर्दैन त?” -“बुढो मान्छे कति दु:ख दिने भनेर उठाउनै सकिन।” कुनै समस्या देखिन हो की बुढी आज हस्पिटल जाऊँ मेरो पनि औषधि सकिएको छ फेरि एकपटक देखाएर मात्र औषधि किन्नु पर्ला।”

उनीहरु हस्पिटल गए। आमालाई सुगर निक्कै बढेको देखियो। बाको मुटुको समस्या देखियो। डाक्टरले भने, -“बोसोको कारणले धमनी ब्लक हुन लागेको छ जतिसक्दो छिटो अपरेसन गर्नुपर्छ मैले केही औषधि थपिदिएको छू जति सक्दो चाडो अर्थको जोहो गरेर गंगालाल मा जानु।” उनीहरुलाई ठुलो धर्म संकट पर्यो ठुलो छोरालाई सुनाए जेठाले भन्यो, -“हैन बा हजूरको त्यत्रो पेन्सन र घर भाडा के गर्नुहुन्छ हँ ? किन साॅच्नु पर्यो , त्यसैले काम चलाए भै हाल्छ नी।” माईलोलाई फोन गरे ,-“पख्नुहोस् बा दूई चार महीना, मैले घर किन्दै छू पछि मै आएपछि हस्पिटल जाउॅला।” कान्छोलाई फोन गरे, -” मेरो के कमाई छ र बा सबै झिटी त्यतै छ बरु बिदेश भएका दाईहरुसंग भन्नु न।”

सबै छोराहरुका कुरा सुनेर उनी निरास भएर सोचाइमा डुबेको बेलामा बाहिर गुनगुनको आवाज आयो बाहिर निस्के । -“ओहो प्रभाकर जी नमस्कार हामी त हजुरसंग ठुलो अपेक्षा राखेर आएका स्कूलको लागि, हजूरको छोराहरु त कोही अमेरीका कोही अस्ट्रेलिया कोही हाकीम, कती बोल्नुहुन्छ?” -“पख्नुहोस्! सबैसंग सल्लाह गरेर खबर गरौला।” फेरि अर्काथरि आएर भने,-” प्रभाकर जी हामी त तीर्थ जानको लागि नाम टिप्दै र रकम उठाउदै हिँडेको। भरसक दुबै जाँदा राम्रो।” उनले आफ्नो स्वास्थको समस्याले न जाने कुरा बताए। सबै कुराले उनलाई समस्या पर्दै आयो। उनले ज्युनीको जग्गा बेचेर उपचार गर्ने निर्णय गरे आर्थिक मन्दीको कारणले जग्गा बेच्न मुस्किल पर्यो यता प्रभाकरको समस्या जटिल बन्दै गयो। उपचारको ढिलाइले उनी कहिल्यै न उठ्ने गरी यस धर्तीबाट बिदा लिए।

आमाले जेठो छोरोलाई फोन गरेर भनिन् ,-“बाबु अब बाको लागि खर्च गर्नु पर्दैन जोगाएर राख्नु सन्ततिलाई काम लाग्छ ,भाइहरुलाई पनि खबर गरेर तुरुन्तै घर आउनु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लघुकथा:जुत्ताको मोल

प्रभादेवी पौडेल । -“अहँ भिनाजु पचास हजार नभई त हामी मान्दै मान्दैनौं।” -“हो

लघुकथा:भाग्य

प्रभादेवी पौडेल । कुनै एउटा गाउॅमा आमा छोरा बस्दथे। उनीहरु निक्कै गरीब थिए।छोरो

लघुकथा: भुल

प्रभादेवी पौडेल । भाजुरत्न र मिठालाल सानै देखि निक्कै मिल्ने साथी थिए। उनीहरु

लघुकथा: कुलपुजा

प्रभादेवी पौडेल । -“राजु ! हामी त भोली सबै गाउॅ जाने हो बाबाले