लघुकथा : सन्तानको माया



प्रभादेवी पौडेल
साबित्रीका पाँच जना सन्तानमा चारजनाको ब्यबस्था राम्रो तर जेठी छोरी गौरीको मात्र अबस्था निक्कै कमजोर थियो।उ माइतीको नजिकै थिई र सबैपक्षमा भाइ बहिनी भन्दा कमजोर नै थिई। भाइहरु जति कमाउने भएपनि उनलाई कसैले सहयोग गर्दैनथे। गौरीको अबस्था देखेर आमाको मन भारि हुन्थ्यो। साबित्रीले आफुसंग भएको साचो मुचो पनि छोरी आएको बेलामा दिएर पठाउथिन्।

आमाको यो ब्यबहार छोराहरुलाई पटक्कै मन परेको थिएन।दिन दिन बुढ्यौली र पीर चिन्ताको कारण आमाको स्वास्थमाअनेकौ समस्या देखियो। बेला बेलामा आमा बेहोस हुन्थिन् तर जाँच्दा कुनै रोग पत्ता लागेको थिएन। गौरीले आमालाई हस्पिटल लगेर भाइ हरुलाई खवर गरि सबै आए ।

जाँच पड्ताल पछि डाक्टरले भने, -“मानसिक रोग हो यो आमालाई कुन कुराको चिन्ता छ त्यसको समाधानले मात्र निको हुन्छ।” यो सुनेर सबैले एकै मुख लगाएर भने,-” छोरी भन्दा भुतुक्क हुनुहुन्छ जति पठाएपनि उतै ओसार्दैमा ठिकै हुन्छ न गतिलो खानू छ, न हरमा गतिलो लुगा छ ।” छोरा हरुका यी बचन बाणले आमालाई झन् पीडा थपियो र उनले भनिन् ,-” दिदीको सानैमा बिहे भयो तिमीहरुको धरालो बस्दा पढ्न पाइन ,गोडा पनि केराको पातमा धोएर कन्यादान दिईयो,ज्वाईले पनि कलकत्ताको नोकरी बेलैमाथि छोडेर घर आएर थन्किए, तिमीहरु किन कुरा बुझ्दैनौ ? तिमीहरुले बाउ बाजेको त्यत्रो सम्पति पायौ जाबो एउटा स्वीटर एक जोर चप्पल दिएको त्यति रीस तिमीहरुलाई, सक्छौ भने भान्जा भान्जी सबै मिलेर पढाई देवो,म आमा हू आमा , एउटी आमाले आफ्नो सन्तानको दु:ख देख्न सक्तिन छोरा, हातको पाँच औला मध्ये जुन औलामा चोट लाग्छ त्यसको असर सिंगो दिमागमा पुग्छ होइन र?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लघुकथा:जुत्ताको मोल

प्रभादेवी पौडेल । -“अहँ भिनाजु पचास हजार नभई त हामी मान्दै मान्दैनौं।” -“हो

लघुकथा:भाग्य

प्रभादेवी पौडेल । कुनै एउटा गाउॅमा आमा छोरा बस्दथे। उनीहरु निक्कै गरीब थिए।छोरो

लघुकथा: भुल

प्रभादेवी पौडेल । भाजुरत्न र मिठालाल सानै देखि निक्कै मिल्ने साथी थिए। उनीहरु

लघुकथा: कुलपुजा

प्रभादेवी पौडेल । -“राजु ! हामी त भोली सबै गाउॅ जाने हो बाबाले