लघुकथा : ‘पुरुष अधिकार’



रमेश सुवेदी ।
वीरे आज चिन्तित भएर धुरु धुरू आँसु झार्दै मिडियामा आयो । तीन वर्षदेखिको पीडा धक फुकाएर पोख्यो । बालक काल, युवा काल धेरै दुःख भोगेको वीरे, दुःख देखि डराउँदैन । जस्तै दुःख परेपनि सामना गर्दै अगाडि बढेको छ । दुई हुर्किएका छोरा देखाउँदै सञ्चारकर्मीलाई भन्यो, यिनीहरूकी आमाले आज भन्दा तीन वर्षअघि हामीलाई छोडेर गई । आज सम्म कुनै सम्पर्क छैन । दुःख गरेर जोडेको सानो टुक्रो जग्गा पनि उसकै नाममा छ ।

देशमा चलेको राजनैतिक आन्दोलनमा ज्यानको बाजी लगाएर युद्दमा होमिएको थियो । नारी जागरण, नारी अधिकारको लागि अग्रमोर्चामा बसेर आफू लडेको थियो । आफूले सधैं नारी प्रति सम्मान गर्ने भएको हुँदा श्रीमतीलाई एसएलसी पछि कलेज भर्ना गरी पढ्न पठाएको सम्झ्यो । विए सम्म पास गराई अगाडि बढ्न निकै हौस्याएको थियो । आफू खेती किसानी गर्दै श्रीमती र बच्चाहरूको पढाइ अगाडि बढाउँदै, घर धन्दा सबै आफूले गर्ने गर्थ्यो ।

श्रीमतीलाई राजनीति तिर समेत लाग्न प्रेरित गरेर चुनावमा भाग लिन लगायो । गाउँ टोलकै सहकारी कार्यालयको अधिकृत सम्मको जागीरे बनाएको, श्रीमती सधैं जसो बाहिर बाहिर हुन्थी भने विरेले घर चलाएर खुसी खुसी जीवन चलाउँदै थिए ।
वीरे खेती किसानी अनि श्रीमती पढेलेखेकी, अधिकृत सम्मको जागीरे, स्तर नमिलेको जस्तो व्यवहार देखाउँदै गरगहना, लुगाफाटो बोकेर खुसुक्क हिँडेकी श्रीमतीको खोजी गर्दा गर्दै थाकेर यो पाली मिडियाको सरण परेको कुरा रुँदै बतायो ।
जस्को निम्ति समाजमा संघर्ष गर्यो उसै बाट धोका पाएर अचेल गाउँले, छर छिमेकी अनि आफन्तले दिनहुँ “खुब स्वास्नीलाई पढाउने भै थिईस” भनेर सुनाउने गर्दा खोइ त ” पुरुष अधिकार” भनेर कराउन मन लाग्छ भन्दै खुब रोयो ……..।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोहोर साल जस्तै यो साल पनि कात्रोमा खल्ती हाल्यो साथीले !!

हामी जब जब मर्न थाल्यौं खेती गर्न थाल्यो साथीले ! पोहोर साल जस्तै

कविता : पर्खाइ

म यति खेर प्राकृतिले दिएको सुन्दर बिस्तरामा छु, चारै तिर खुल्ला छन् मेर

लघुकथा: पुरुष मन

प्रभादेवी पौडेल। नरहरिले पहिली श्रीमती दुई सन्तान छोडेर परलोक गएपछि लामो समयसम्म बिहे

देश किन बनेन ?

डा.गोविन्दशरण उपाध्याय । इतिहास हातमा हुँदैन । प्राप्त भएका तत्थ्यहरूका आधारमा लेखिन्छ ।