लघुकथा : आमा



लघुकथा : आमा

सदन कुमारीका पाँच भाइ  छोरा थिए । जेठा थिए कुल प्रसाद शर्मा । उनी बलिया थिए, पहलमान जस्ता । अन्याय गर्न नडराउने पनि थिए उनी । भाईहरूलाई अंशवण्डामा ठगिरहेका थिए । सदन कुमारीलाई मन परेको थिएन त्यो कुरा । उनले, “भाइहरूका बिचमा बराबर बाँड हाम्रो सम्पत्ति” भनिरहेकी थिइन् ।
“भाइहरूलाई माया गर है जेठु !”
“माया गरेको छु आमा ।”.
“मसँग आएर रोइ रहेका छन् त भाइहरू ।”
“त्यस्तै लोभि छन् आमा भाईहरू । मेरो सम्पत्ति पनि आफै खान खोजेका छन् ।”
“होइन । मैले देखि रहेकी छु । तिमीले भाइहरूलाई थिचेका छौ । मदुसमा बाबाले राखेको हिरा, सुन, चाँदी र नगद सबै तिमीले नै राखेका छौ ।” आमाले दिनदिनै भनि रहन्थिन् ।
कुलप्रसादले पत्नीलाई भन्यो_
“यो बूढीको बाँसुरी धेरै बज्यो ।”
सम्पत्ति एक्लै हडप्ननका निम्ति के गर्नुपर्ला भन्ने विषयमा उनीहरूका बिचमा गहिरो छलफल भयो । मदुसभित्र कति सम्पति छ भन्ने कुरा अरू कसैलाई थाहा थिएन । त्यो आमालाई मात्र थाहा थियो । बुढी रहुन्जेल त्यो सबै सम्पत्ति हडप्न नपाइने भयो भन्ने निष्कर्ष निस्कियो ।
पति पत्नी, आमा निदाइ रहेको अोछ्यानमा पुगे, डोरी लिएर हात टक्टकाउँदै बाहिर निस्के । दुवैले एउटै आवाजमा भने_
“नरहे बाँस, नबजे बाँसुरी ।”

त्रिलोचन ढकाल
आनन्दआश्रम, स्याङ्जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तेरो पानी जहाज लैजा, चुच्चे रेल लैजा, त्यसको बदलामा सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !

सरकार ! तेरो पानी जहाज लैजा चुच्चे रेल लैजा तेरो स्मार्ट सिटी लैजा

पोहोर साल जस्तै यो साल पनि कात्रोमा खल्ती हाल्यो साथीले !!

हामी जब जब मर्न थाल्यौं खेती गर्न थाल्यो साथीले ! पोहोर साल जस्तै

कविता : पर्खाइ

म यति खेर प्राकृतिले दिएको सुन्दर बिस्तरामा छु, चारै तिर खुल्ला छन् मेर

लघुकथा: पुरुष मन

प्रभादेवी पौडेल। नरहरिले पहिली श्रीमती दुई सन्तान छोडेर परलोक गएपछि लामो समयसम्म बिहे