लघुकथा : तरुनी स्वास्नी



प्रभादेवी पौडेल ।
बेलैमा दूई छोरा छोडेर पत्नी गंगा परलोक भएपनि रघुबिरले अर्को बिहे गरेका थिएनन्। छोराहरु पनि दिन संगै ठुला भै जोडी खोजी बिदेश तिर लागे।उनी घरमा एक्लै भए।

दिनानुदिन आफ्नो अशक्त अबस्थाको कारण कुनै सहाराको खाँचो पर्यो।एकपटक यात्राको क्रममा उनी एक सुन्दरी युवतिको आडैको सिटमा परे।उनले बाजे भनेर संबोधन गरिन्। उनलाई त्यती राम्रो लागेन र भने ,-“हैन नानी त्यो बाहेक अरु नाता छैन र म त्यती बुढो भैसके झै लाग्दैन त आफुलाई?” यो सुनेर उसले भनि ,-“ल भैगो त हजुरलाई जुन राम्रो लाग्छ त्यही भन्छु।” युवतीका कुरा सुनेर उनले उज्यालो अनुहार बनाए र मुसुक्क हाँसे ।बाटोमा खाजाको पैसा नी उनैले तिरे। मोबाइलमा पनि साथी बने। उनले युवतिको ह्याम प्याम पाई सकेपछि यो भन्ने गर्दथे कि मान्छे बुढो भएनि मन बुढो छैन है। उ पनि माहिर थिई जिस्किन ,-“त्यसो भए बुढा भनौं त?” उसले भन्यो,-” फ़रक पर्दैन।” रघुबिरको सम्पुर्ण पारिवारिक अबस्था बुझेपछि उनीहरुमा भेट्ने क्रम बढ्दै गयो। उनले छोरा हरुसंग नसोधि बिहे गरे।

उनी धेरै कला जानेकी सुन्दरी रघुबिर उनको मायामा मुग्ध भए उनले जवानीमा गंगा संग नगरेका ब्याबहार पनि नयाँ युवती संग पाए। उनी किनमेल र बैंक जाँदा एक्लै निस्कने गर्दथिन्। एक्दिन रघुबिरले आफू निक्कै प्रशन्न भएर भने , -“सपना म तिमीसंग निक्कै खुसी छू ,मेरो जवानी फर्किएको छ।” यहि मौका पारेर उसले भनि,-” हजुरसंग एउटा कुरा भन्नु थियो?” -“भन न प्रिया एउटा कुरा त के दश वटै कुरा भनेपनि मान्छु ।” -“कुरा के भने नी, हजुर दिन दिन बुढो र अशक्त हुँदै जानुभयो सुगर प्रेशर दम जस्ता रोगले समाई सकेको छ तल माथी भयो भने म त बेहाल हुन्छू बुढा ,त्यसैले हजूरको नामको यो घर जग्गा मेरो नाममा पास गरिदिनुहुन्छ की भनेर।” -“के केनै भन्ने होला भनेको त त्यती सानो कुरा रहेछ, यो मेरो शरीर नै तिम्रो भएपछि यो घरजग्गा को के कुरा भयो र ? बरु कहिले पास गर्ने भन?” -“भोलिनै पास गरौं हुन्न?” भोलिपल्टै मालपोतमा गएर रघुबिर ले सपनाको नाउॅमा सम्पुर्ण घर जग्गा पास गरिदिए।

त्यसको केहि दिन पछि सपनाले माइतीको नजिक बस्ने भनेर आफ्ना नामको घर जग्गा बेची।र घर किन्न समय लाग्ने भन्दै डेरामा बसे।रोगको साथसाथै उमेरले रघुबिर निक्कै गल्दै गएका थिए। एक्दिन उसले भनि,-” बुढा छोराले मलाई मात्रै बोलाएको छ बुहारी सुत्केरी हुने बेला भयो रे ,म बिदेस जान्छु जम्मा छ महीनाको लागी त हो नी ,म न आउन्जेल हजुर बृद्ध आश्रम बस्नुहुन्छ की भनेर ?आए पछि राम्रो घर किनौला र काम गर्ने मान्छे समेत राखेर मस्ती गरौंला है ?” यति भनेर उसले एकजना सहयोगी लिएर दूई लाख पैसा बुझाई एउटा कोठा आजिवन बस्न पाउने गरि बुढालाई बृद्ध आश्रम छाडेर गई। उ निक्कै निरास भएको देखेर अश्रामको साथिले रघुबिरलाई भने,-“तपाई आज सम्म भ्रममा पर्नु भएको रहेछ ती पुर्याऊन आउने दूई जना महिला पुरुष त पति पत्नी हुन्, उनीहरु त अघिल्लो दिनमा संगै आएर आफुहरु बिदेश जाने भनेर बालाई केहि समयको लागि आश्रममा राख्छौं भनि पैसा बुझाएर गएका थिए ।”
भरतपुर ९, चितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई