लघुकथा: भान्छे



प्रभादेवी पौडेल । 
बद्री गाउॅका एक प्रतिष्ठित व्यक्ति, राजनीतिको झुकाव पनि त्यस्तै प्राय: खाना खाने बेलामा घरका जहान मात्रै खाएको कमै पाईन्थ्यो। उनकी पत्नी रमा पाक कलामा पोख्त हुनाले,खाना खानेहरु उनको तारिफ न गरेको कोहि हुँदैनथे। कोहि कोहि त यो कुन मसलाको कमाल हो हजुर भनेर जिस्क्याउॅथे। संयुक्त परिवार हुनाले खाना पनि ठुलै भाडामा पकाऊनू पर्थ्यो। उनी अलि कमजोर भएपनि खाना बनाउने र बाँड्ने काममा आफै अघि सर्दथिन्।एक पटक उनी बेहोस भएर ढलिन् ।सबै चेक जाँच पछि डाक्टरले भने,-“उहाँमा हेमोग्लोबिनको एक्दमै कमी छ फलफूल र हरियो साग सब्जि प्रशस्तै खानू पर्छ।” यो सुनेर बद्रिले भने, -“हाम्रोमा त नियमीत हरियो तरकारी पाक्छ कसरी यस्तो भयो?” उनी आस्चर्यमा परे।-“आइरन चक्की लेखिदिएको छू यसको साथसाथै खाने कुरामा पनि निक्कै ख्याल गर्नु” भनि डाक्टरले पठाए।

त्यसको केहि समय पछि छोराको बिहे भयो। उनी अलि बिरामी बिरामी थिईन्। नयाँ बुहारीले घरको निक्कै अबलोकन गरेपछि सासु आमालाई बिन्ती गरिन् ,-“आमा हजुर आराम गर्नुहोस् आज देखि खाना बनाउने काम म गर्छु ।” उनी मानेकी थिईनन् तर बुहारीको निक्कै अनुरोध पछि उनले भान्छा सम्पिदिईन् बुहारीलाई। बुहारीले सासुको खान पानमा निक्कै ख्याल गरिन्। सासुका कमजोरी पन सबै हराएर गए।-“यतिका बर्ष भयो मैले खाना बनाएको तर तिमी त निक्कै चलाख रहिछेऊ नी बुहारी” सासुले भनिन्।” -“ठुलो परिवारमा घ्यान नपुर्याउने हो भने त हर भान्छे हजुर झै कमजोर हुन्छन् आमा , पकाएको भाॅडामा कति छ भनि खाने मान्छेको बिबेक न पुग्न सक्छ त्यसैले घरका मान्छेको स्वभाब अनुरुप भान्छेले यो जुक्ति पनि लाउनुपर्ने हुन्छ आमा।”
भरतपुर ९,चितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई