लघुकथा : नदेखिने कमजोरी



बिहे भएको दस वर्षसम्म पनि कोपिलाको कुनै सन्तान नजन्मिएकाले घरपरिवार,गाउँ टोल चारैतिर विभिन्न उपनामका लञ्छनाहरुले बेलाबेला झटारो हान्नेको कमि थिएन। सन्तानको लागि कोपिलाले केही कसर छाडिनन्। दान, धर्म,पाठ, पूजा, व्रत बस्नेदेखि लिएर मन्दिरको भाकल धामी झाँक्री सम्म पनि उनी पुगिन्।जहाँ गए पनि सन्तान गर्भमा रहने कुनै संकेत थिएन। घरपट्टीका र माइतीघर पट्टीका सबैले जानेबुझेको सबै गरेँ तर जति प्रयास गर्दा पनि कुनै सीप काम लागेन। कोपिला हार भईन्। उनले एकपटक हस्पिटल गएर सबै जाँच्ने निधो गरिन्।

कोपिलाका श्रीमान घर नजिकैको हेल्थपोष्टमा काम गर्थे। श्रीमान साथैमा हुँदाहुँदै पनि बच्चा नहुने भनेर सबैले भन्दा कोपिलाको मन चसक्क हुन्थ्यो । कोपिलालाई कति चहाना थियो भन्ने कुरा ऊ प्रकट गर्न सक्दिन्थी। कोपिलाका श्रीमानलाई भने यी सबै कुराको केही वास्ता थिएन।उनले सन्तान नभए पनि कोपिलालाई केही भनेका थिएनन्।

कोपिलाले राम्रो हस्पिटलमा गएर वरिष्ठ महिला डाक्टरसँग आफना सबै समस्य बताई । डाक्टरले सन्तान हुन महिलामा हुनुपर्ने सबै कुराको परीक्षण गरेपछि कोपिलामा कुनै खराबी नभएको स्पष्ट पारिदिए। डाक्टरले श्रीमानलाई पनि एकपटक जाँच्न पर्ने भएकोले लिएर आउने सल्लाह दिए। कोपिलाले घरमा गएर डाक्टरका सबै कुरा श्रीमानलाई भनिन् तर उनी भने आनकानी गरेर जानै मान्देनथे। एउटा न एउटा बाहाना बनाएर हस्पिटल नजाने गर्न थाले। उनको यो व्यवहार देखेर कोपिलालाई दिक्क लाग्न थाल्यो । घरमा उनीहरू बिच दिनहुँजसो झगडा हुन थाल्यो। समय बित्दै गयो। उनीहरूको झगडाले सबै सीमा नाघ्न थाल्यो । कोपिलाका श्रीमानले पछिपछि त पिट्न पनि थाले । हुँदाहुँदा घरपरिवार र कोपिलाका श्रीमान मिलेर घरमा नराम्रो व्यवहार देखाएको कसैलाई मान मर्यादा नराखेको र दस वर्षसम्म सन्तान जन्माउन नसकेको झुटो आरोप लगाएर भित्रभित्रै पारपाचुकेको तयारी गर्छन् ।

यो थाहा पाएपछि कोपिला पनि माइतीघर जान्छे। यतिका वर्षको वैवाहिक सम्बन्धमा पूर्णबिराम लाग्न लागेको देखेर कोपिलाको मन छियाछिया हुन्छ।केही सोच्न सक्दिन । यत्तिकैमा कोपिलालाई पहिलोपटक आदलतमा सोधपुछका लागि बोलाइन्छ। कोपिलाकी दिदिले चिनेकी एकजना महिला कानुनी सल्लाहकार हुनुहुँदो रहेछ। उहाँको सल्लाह अनुसार कोपिलाको केश एकजना महिला वकिलले लिनुभयो। अदालतले सबै प्रमाण सहित कोपिलाको गल्ती केही नभएको भए सबित गर्न १५ दिनको समय दियो।

पन्ध्रौं दिनमा सबै नक्कली सबुत सहित कोपिलालाई पारपाचुके दिने तयारीमा श्रीमानका घरपक्ष थिए। कोपिलालाई कुनै कुराको ज्ञान थिएन्। सोधेको कुरा सबै यथार्थ भन्ने गर्थी । अन्तिममा सबै सबुत पेश गरेर कोपिलालाई पारपाचुके दिने घोषणा हुन केही मिनेट मात्रै बाँकी थियो। त्यही बेला कोपिलाको तर्फबाट केश लिने वकिलले अन्तिम सबुत पेश गर्ने अनुमती मा्ग्नुभयो। कोपिलाका श्रीमानमा भएको निसन्तानपनको सबुत पेश गर्नसाथ सबैको अनुहार लाजले रातो हुन थाल्यो। कोपिलाको श्रीमान त झन मुन्टु निहुराएर बसे।

वकिलले आफ्नो तर्क राख्दै भनिन्”जर्साब के सन्तान नजन्मनुको कारण महिला मात्र हुन? पुरुषको कुनै कमजोरी हुन सक्दैन ? आफ्नो कमजोरी लुकाएर महिलामाथि मात्रै दोष थुपार्ने हाम्रो समाजमा यस्ता नदेखिने कमजोरीका सिकार महिला दिदीबहिनीहरु हुनु परेको छ।त्यसैले निजलाई आफूमा भएको बाँझोपन लुकाएर श्रीमतीलाई मानसिक दबाब दिएको कुटपिट गरेको आरोपमा सजय दिनुपर्छ।” वकिलले यस्तो कुरा सुनेपछि सबै प्रमाण र सबुतको आधारमा कोपिलाले केही रकम सहित पारपाचुके लिएर पून: विवाह गर्न पनि पाउने र उसको श्रीमानले कानुन बमोजिमको सजय पाउने फैसला सुनाइन्छ।
अदलतमा उपस्थिति सबै छक्क पर्छन्।
जुना खड्का
शुक्लागण्डकी
तनहुँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई