प्रिय दक्षिण छिमेकी !



प्रिय  दक्षिण छिमेकी

न आउ सामु त्यसरी कि गर्जन्छु म बेसरी ,
न ल्याउ रुप छेउमा कि हैन पृय केशरी ,
सजाई जाउ त्यो बदन यो दिनको पहरमा,
कलिलो ज्यान खुस्केला बेकारको रहरमा !

टलक्क टल्किने तिमी यो कृष्ण वर्ण मेघ झैँ,
न आउ प्रियसी तिमी बिनाशकारी बेग झैं।
लिएर जाउ पाइला जता बिषादी पाउँछेउ,
मसक्क मस्किदा खेरी कुवासना फिंजाउँ छेउ।

अनेक जाल चालले सहस्र जुक्ति सातिर,
कुमर्म गर्न खातिर सधैं रहेकी माहिर।
न घोच मर्म मर्ममा, न रोप बक्ष चर्ममा,
सुकर्म र सुधर्ममा , सुबुद्धि रोप गर्भमा।

 

विश्व कार्की

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण

कुलमान खेद्ने खाडल अझै गहिरो बनाए हुन्छ….

के-के खानुछ कसकसलाई , खाए हुन्छ भारतले सरकार अहिले नपर्ने रैछ ! टडकमा

साहित्यकार सुवेदीका चार कृति लोकार्पण

काठमाडौँ । वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गरेका चारवटा कृति लोकार्पण

साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षमा निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३  वर्षको उमेरमा निधन भएको छ । भारतको