कालो मेघ



कालो मेघ,
अम्बर त्रसिद,
अनि धरा भरी धारा छ,
अश्रुको धारा अनवरत रुपमा,
आशाको पुन्ज गौण छ,
जिवले बुद्धि भ्रष्ट पारेका
बुद्दिमताहरु मत्ता
गजेन्द्र झैं खन्चुवा छन्,
यस्तै छ
पारिस्थितिय परिस्थिती यहाँ।
म बोल्दछु केवल
आफ्नो सजिवता पुष्टि गर्न,
तात्विक पृथकता
नरहने मूक श्रोताहरु बीच।

भौम सौन्दर्य वाचित यज्ञ
परिसरमा बिजारोपण गर्न,
कुटिल गोनोकोकस जिवाणुको,
प्रकट भएका छन्
नव दुशासनहरु,
तर द्रौपतीको
चिर हरण हेतु पक्कै होइन,
आफ्नै मातृभूमिको अस्मिता लुट्न,
द्रब्य पिशाच आफ्ना रमिते
बन्धुहरु सहित।
धृतराज मख्ख छन्
सुगन्धित मधिरावतिहरुको
कामुक चुम्बनमा।
इच्छा मृत्यु वरदित
भीष्म शोकाकुल छन,
पान्डवहरुको मृत्युमा र
कौरवहरुको विजयोत्सबमा!

विश्व कार्की ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य