बाघको बाग



बाघको बागमा ब्वाँसोको रजाइँ ,
सक्दैनौ खान धेरै दिन फकाइ।
चलाखी देखाई नराख पर्खाइ,
भोक र तिर्खा सबै बिर्साइ।
बाघको शान्ति कम्जोरी नठान,
स्थायी राज ब्वाँसोको नमान।
मेटिन्छन् तिम्रा अतिचार रेखी,
झर्दछ तिम्रा चाँडै नै सेखी।
गुफाको द्वार कति हो छेक्ने,
बाढीको बेग हातले रोक्ने?
बिनाश तिम्रो अब दूर छैन,
छोडिए बाण तब फर्कंदैन।

विश्व कार्की ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य