‘मलाई भनी साँची राख्या मकै आज कता गयो?’



मलाई भनी साँची राख्या मकै आज कता गयो?
अगेनोमा पोलिराको रिट्ठे भ्याकुर डरिरह्यो,
गोठालोमा पानी खाने कुवा पनि सुकि सक्यो,
तिमी आउने बाटो हेर्दा आँखा मेरो दुखि सक्यो।
लुकामारी खेलेको त्यो करेसिमा वरिपरि ,
पछ्याएको तिमीलाई रात दिन घरी घरी,
ऐठन हुन्छ मध्य रात झर्छन आँशु धर्धरी।
सताएर भाग्दै गर्दा तानेको त्यो तिम्रो चुल्ठो,
रिसाएर आँखा तरी बटारेकी तिम्ले मुन्टो,
बुझांउ मन के गरेर तिमी टाढा गए पछि,
कठै भन्ने कोही छैन आज एक्लो भए पछि।

विश्व कार्की ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लघुकथा: कुटुम्ब

प्रभादेवी पौडेल। आमाले आफ्नो भागको ज्युनी बिक्री गर्ने बेलामा सबै छोरा छोरीलाई भेला

रङ्गहरु

रङ्गहरु त्यसबेला हरियो थियो करेसाबारी अझै हरियो देखिन्थ्यो,गैरी खेत हरियै धानको मुठो समातेका

लघुकथा: ब्रह्माजीको श्राप

प्रभादेवी पौडेल। ब्रह्माजीले आफ्नो सृस्टिको क्रममा चौरासी लाख जिवहरुको उत्पती गराई आफुले मानवलाई

लघुकथा: आत्मनिर्भर

प्रभादेवी पौडेल। -“बाबु घ्याम्पामा चामल छ एक कुरुवा लिएर आई कसौडीमा बसाल त