धार्चुलाबाट



धार्चुलाबाट
=======
बोकेर डाली यो महाकाली म एक्लै तरुंला ।
जहान-बच्चा भेटेर बात यो मन्को गरुंला ।।
मुग्लान छाडि म आफ्नै घर आको हुं दाजुभाइ।
ओछ्याई कांडा म तर्ने पुल नछेक दाजुभाइ।।

म रोगी भए बसौंला छुट्टै छाउगोठ सोरेर ।
तंङ्ग्रेर खेती गरौंला माटो मुड्किले फोरेर ।।
नपुगे घर्मा दैयाले काले मरेकी भन्छ नि ।
मलाई नि छिट्टै पुगेर मष्ट रिझाउने मन छ नि ।

धार्चुलाबाट उम्लेको आंशु बग्दैन रोकिन्छ ।
म कालापानी झैं भएं बज्र छातीमा ठोकिन्छ
भै सक्यो जिर्ण यो मन महामारिको पैह्रोले ।
नभांच दाजै लिम्पियाधुरा त्यो बांसको लौरोले ।

रामेश्वर अधिकारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लघुकथा:जुत्ताको मोल

प्रभादेवी पौडेल । -“अहँ भिनाजु पचास हजार नभई त हामी मान्दै मान्दैनौं।” -“हो

लघुकथा:भाग्य

प्रभादेवी पौडेल । कुनै एउटा गाउॅमा आमा छोरा बस्दथे। उनीहरु निक्कै गरीब थिए।छोरो

लघुकथा: भुल

प्रभादेवी पौडेल । भाजुरत्न र मिठालाल सानै देखि निक्कै मिल्ने साथी थिए। उनीहरु

लघुकथा: कुलपुजा

प्रभादेवी पौडेल । -“राजु ! हामी त भोली सबै गाउॅ जाने हो बाबाले