एउटा “अख़बार” थियो



विष्णु रिमाल ।

समाचारको पनि “एनिभर्सरी” हुँदो रहेछ!

एउटा “अख़बार” थियो,
त्यसले काईदा-काईदाको समाचार छाप्थ्यो।

गत बर्ष यसै महिना, हिजोका दिन त्यसले,
मेरो “बन्दरनुमा” चित्र सहितको
एउटा “मसालेदार” समाचार छाप्यो।

केहीले जिब्रो पड्काए,
केहीका ऑखिभुँई खुम्चिए,
केही तरंगित भए,
सायद त्यसको ‘मिशन’ पूरा भयो।

यो बर्ष यसै महिना, आजको दिन त्यसले
फेरी समाचार छाप्यो,
फेरी त्यही “बन्दरनुमा” चित्र टॉस्यो।

‘भिजन’ के थियो? ‘मिशन’ के थियो?
सायद, ‘त्योअखवार’का हर्ताकर्ताहरू,
यसपाली ‘त्यो समाचार’को,
‘ह्याप्पी एनिभर्सरी’ मनाऊँदै छन्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान

काठमाडौँ । नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका निम्ति योगदान गर्नुभएका तीन जना

आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान

काठमाडौँ । नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट

रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई

काठमाडौँ । रमा–कृष्ण सृजना प्रतिष्ठानले २०८० सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

तनहुँ । यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको