जीवनका अक्षरहरु



जीवनका अक्षरहरु

किताबका अक्षर पढ्नु

असल काम हो ।

तर सत्य भन्छु

अझै महान् काम त

जीवनका अक्षरहरु पढ्नु पो रहेछ।

 

छोरी! पढ, धेरै पढ ।

विश्वमा कति देश छन् – जान्नु,

को कुन देशबाट, नोबेल पुरस्कार जीते –

जान्नु,

असल काम हो।

तर अझै महान् काम त

जीवनका अक्षरहरु पढ्नु पो रहेछ।

 

गुरुकुलमा बसी

वेदका ऋचाहरु त

राजकुमार सिद्धार्थले पनि पढेका थिए।

तर सत्य भन्छु,

उनी गौतम बुद्ध बन्नुको रहस्य त

जीवनका अक्षरहरु पढ्नु पो रहेछ।

 

तिमीले पढ्यौ र भन्यौ,

संसारकै धनी व्यक्तिको नाम ।

तर सत्य भन्छु,

उनको धनले पनि एक ज्ञानिको

ध्यान र ज्ञान किन्न सक्दैन।

खादाको थान किन्ला, बेग्लै कुरा,

तर ज्ञानीको मान् किन्न सक्दैन ।

 

तिमीले पढ्यौ र भन्यौ,

नेपालीले नेपालीलाई नै,

ज्यूँदै जलाउँदा पनि रहेछन्।

हजुर आमालाई तमसुकहरुमा

झुक्याएका रहेछन् ।

तर सत्य भन्छु,

ती जलाइनेहरुलाई पनि

मनोलोकमा पुर्याइए होलान्,

सपना हजार देखाइए होलान्।

तिम्री हजुर आमालाई जस्तै

आँखामा इन्द्रेणी पारे हुनन्… ।

तर बोलिएका शब्दहरु भन्दा

त्यो बीचको मौनता बुझ्नु पर्ने रहेछ।

र यो शक्ति पाउनुको रहस्य त

जीवनका अक्षरहरु पढ्नु पो रहेछ।

 

लिएर कोहि महान् भएनन्,

न कोहि केही लिएरै गए।

जो इमान्दार भई पौरख गरे

अरुको लागि जिएर गए,

अतः इतिहासका नक्षत्र बनेर रहे।

अनि यो ज्ञान पाउनुको रहस्य त

जीवनका अक्षरहरु पढ्नु पो रहेछ।

छोरी ! पढ, धेरै पढ ।

विकाश न्याैपाने

(शिक्षण पेशामा संलग्न न्याैपाने विभिन्न साहित्यिक रचनामा कलम चलाउँदै आईरहेका छन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने को हो त्यो डाक्टर ?!

राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने को हो त्यो डाक्टर ?! राष्ट्रपतिको सवारी हुने

विसङ्गत अभिरुचिः राष्ट्रसेवकको बकपत्र

गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन्

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

काठमाडौँ । वेद व्यासले संस्कृत भाषामा रचना गरेको १८ पुराणको नेपालीमा भाव बुझ्न

उर्दु भाषामा नेपाली कविता अनुवाद सङ्ग्रह प्रकाशन

काठमाडौं । पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’