नाष्टले यन्त्र मानव प्रयोगमा ल्याउने



ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो ।

कार्यालयमा आगन्तुक पस्दा र निस्कदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका प्रविधि सङ्काय साना जलविद्युत आयोजनाका प्रमुख रोशन पाण्डेले जानकारी दिए । कार्यालयमा छिर्ने व्यक्तिले कार्यालयबारे जानकारी लिनुपरेमा कृत्रिम इन्टेलिजेन्समार्फत बोलेर श्रव्यदृश्यका साथ दोहोरो संवाद समेत गराउने पाण्डेले जानकारी गराए ।

मूलुकमा आज आठौं विज्ञान दिवस मनाइरहँदा नाष्टले ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने यस वर्षको नारालाई आत्मसाथ गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तनलाई यस प्रविधिको विकास गरेको छ । यन्त्र मानवले मानिसको तापक्रम जाच्नेछ ।

यसको उचाई पाँच फिट तीन इन्च र तौल ५५ किलोको हुनेछ । ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने नारालाई बढवा दिन देशका ३३ व्यक्ति, संस्थालाई पहिलो पटक सरकारी स्तरबाट अनुदान दिएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए ।

कोभिड–१९ महामारीको सङ्क्रमणबाट बिरामी व्यक्ति र चिकित्सकलाई सजिलै जोगाउन ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’, ‘मोबाइल स्वाब कलेक्सन भ्यान,’ हात धुने र हात धुँदा अरुलाई सङ्क्रमण नफैलियोस भनेर दुई वटा ‘हयान्ड वास स्टेसन’, खुट्टाले थिचि हात धुन मिल्ने ‘फुट अपरेटेड स्यानिटाइजर डिस्पेन्सर’, अस्पतालमा स्वाब सङ्कलन गर्न प्रयोग हुने ‘स्वाब कलेक्सन बुथ’, अस्पतालमा बिरामी हेर्न जाँदा अपनाउनुपर्ने सावधानीका लागि ‘आइसोलेसन वार्ड’, सङ्क्रमण हटाउन ‘डिस इन्फेक्सन रोबट’, सङ्क्रमित व्यक्तिले खोक्दा र हाछयुँ गर्दा नाक र मुखबाट निस्किएका छिटाबाट सङ्क्रमण नफैलियोस भनी ‘नेगेटिभ प्रेसर स्ट्रक्चर हुड’ निर्माण गरिसकेको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा. शङ्कर ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कलाकार पौडेलले बनाए ‘आवरण यूनिकोड’

काठमाडौँ । लामो समयदेखि आवरण कला र लिपि साधनामा लागेका रमेश पौडेलले आफ्नै

काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै

काभ्रे । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत

डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन

काठमाडौँ । डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई एक सय

के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?

स्टकहोम । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बैङ्किङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक