अमेरिकाले ‘विच्याट’ प्रतिबन्ध लगाए ‘एप्पल’लाई बहिष्कार गर्ने चीनको चेतावनी



अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगाएमा चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चेतावनी दिएका छन् । प्रसिद्ध सामाजिक सञ्जाल ‘विच्याट’ र ‘टिकटक’को प्रयोगमा प्रतिबन्ध लगाउने चेतावनी अमेरिकी ट्रम्प प्रशासनले बताइरहेका समय चीनको उक्त भनाइ आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको मध्यदेखि विच्याट र टिकटकमा प्रतिबन्धको घोषणा यसै महिना गरेका हुन् । राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आरोप लगाउँदै ती सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने बताएपछि बेइजिङ र वाशिङ्गटनबीच तनाव थप बढेको देखिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिच्यानले शुक्रबार ट्वीटरमार्फत जारी सन्देशमा भनिएको छ, “यदि ‘विच्याट’लाई अमेरिकामा प्रतिबन्ध लगाइयो भने चिनियाँहरूले ‘आईफोन’ र ‘एप्पल’का उत्पादनहरूलाई राख्नुपर्ने कुनै कारण हुनेछैन ।”

बेइजिङले अमेरिकी उत्पादनको बहिष्कार गर्ने चेतावनीभन्दा पहिले विश्वका दुई शक्ति राष्ट्रहरूबीच व्यापार विवाद कायमै थियो । यसबाहेक अमेरिका र चीनबीच दक्षिण चीनमा रहेको ‘साउथ चाइना सी’मा सैन्य गतिविधि, हङकङलाई हेर्ने दृष्टिकोण तथा कोरोनाभाइरसको उत्पत्ति र यसलाई फैलिन नदिने बिषयमा चीनले वेवास्ता गरेको भन्दै अमेरिकाले आरोप लगाउँदै आएको छ । चीनले अमेरिकी आरोपलाई खण्डन गर्दै आइरहेको छ ।

चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शुक्रबार झाओको चेतावनीबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ हजार कर्मचारी कटौती गर्दै अमेजन

अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी

बन्दुकधारीको आक्रमणबाट पाकिस्तानमा ११ जनाको मृत्यु

बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले जनाएको

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको

विद्रोहीको आक्रमणबाट कङ्गोमा २१ सर्वसाधारणको मृत्यु

अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान