अनलाइनमा हानिकारक सामग्री नियन्त्रण गर्न फेसबुकले कडाई गर्ने



फेसबुकका मालिक मार्क जकरबर्गले अनलाइनमा हानिकारक सामग्री नियन्त्रण गर्न थप नियमनको आह्वान गरेका छन्। फेसबुकजस्तो कम्पनीले कस्ता सामग्रीलाई वैधानिक वाक् स्वतन्त्रता मान्ने भन्ने बारे निर्क्योल गर्न नसक्ने उनले बताए।

चीनको उदाहरण दिँदै जकरबर्गले धेरै कडा नियन्त्रण गरेमा त्यसले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन सक्ने चेतावनी पनि दिए।

जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै उनले उक्त टिप्पणी गरेका हुन्। गलत सूचनाको प्रवाह रोक्न फेसबुकजस्ता विशाल सामाजिक सञ्जाल कम्पनीमाथि दबाब बढिरहेको छ।

खासगरि फेसबुकलाई राजनीतिक विज्ञापनसम्बन्धी उसको नीतिलाई लिएर चर्को आलोचना गरिएका छन्। सन् २०१८ मा फेसबुकले अमेरिकामा राजनीतिक विज्ञापनसम्बन्धी नयाँ नीति जारी गर्‍यो र त्यसको एक वर्षपछि उसले संसारभरि लागु हुने गरि त्यस्ता नीति जारी गर्‍यो।

ती नीतिबमोजिम त्यस्ता विज्ञापन प्रसार गर्न कसले पैसा तिर्‍यो भन्ने पनि खुलाउनुपर्छ अनि त्यो जानकारी सार्वजनिक रूपमा खोजी गर्न सकिने गरि सात वर्षसम्म राख्नुपर्छ।

तर यो साता फेसबुकले त्यस्तो डेटाबेसमा सामाजिक सञ्जालका चर्चित व्यक्तिहरूले राख्ने प्रायोजित राजनीतिक पोस्ट नराख्ने बतायो।

साथै कम्पनीको वाक् स्वतन्त्रताको नीतिबमोजिम राजनीतिज्ञहरूले राख्ने गरेका हरेक पोस्टका वास्तविकता सधैँ परीक्षण गरिएका हुँदैनन्।

म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उनले नियमनको वकालत गरे। “निजी कम्पनीहरूले थप प्रजातान्त्रिक प्रक्रिया बेगर धेरै निर्णय गरुन् भन्ने हामी चाहँदैनौँ,” उनले भने।

जकरबर्गले सरकारहरूलाई सामाजिक सञ्जालका निम्ति नयाँ नियमन प्रणाली ल्याउन आह्वान गरे। त्यो टेलिकम तथा सञ्चार कम्पनीहरूका लागि विद्यमान नियमकै मिश्रण हुनुपर्ने उनको सुझाव थियो।

“त्यस्ता नियमका अभावमा हामी आफ्नो तवरबाट सकेसम्म उत्तम प्रयास गरिरहनेछौँ,” उनले भने। जकरबर्गले संयोजित रूपमा रुसजस्ता राज्यकै तहबाट गरिने अनलाइन ‘सूचना अभियान’ को विकासक्रम बुझ्न फेसबुकलाई निकै समय लागेको स्वीकार गरे। साथै, आइपी ठेगाना लुकाउन कतिपय खराब प्रयोगकर्ता झन् झन् सक्षम हुँदै गइरहेको पनि उनले बताए।

यो समस्यासँग जुझ्न फेसबुकसँग अनलाइन सामग्री समीक्षा गर्न र सुरक्षा हेर्न ३५ हजार कर्मचारी रहेको जकरबर्गले बताए। आर्टिफिसियल इन्टेलिजेन्स एआइ समेतको सहयोगबाट हरेक दिन दश लाख फर्जी खाता बन्द गर्ने गरिएको उनले बताए।

“सन् २०१२ मा फेसबुकको एक अर्ब प्रयोगकर्ता हुँदाखेरिको कुल आम्दानीभन्दा अहिले सामग्री समीक्षाका लागि हाम्रो बजेट धेरै छ,” उनले भने।

राजनीतिक विज्ञापन जस्ता विषयमा आलोचित भएपनि फेसबुकले उसका सामाजिक सञ्जालहरू अझै विस्तार भइरहेको बताएको छ।

यसै महिनाको सुरुमा फेसबुक कम्पनीकै ह्वाट्सएपले उसका प्रयोगकर्ता २ अर्ब पुगेको जनायो – जुन विश्वको कुल जनसङ्ख्याको एक चौथाइ भन्दा पनि धेरै हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

  इन्टेलले भविष्यको मस्तिष्कबाट प्रेरित कृत्रिम बौद्धिकता (एआई) को अनुसन्धानलाई समर्थन गर्न विश्वको

अपराध अनुसन्धानमा उपयोगी बन्दै ‘नेपाल प्रहरी मोबाइल एप’

काठमाडौँ । प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई