बढ्यो इन्टरनेटमा यौन क्रियाकलाप गर्न फकाउने र बाध्य पार्ने क्रम



तथ्याङ्कहरूले यूकेमा ११ देखि १३ वर्ष उमेरका बालिकालाई वेबक्याम प्रयोग गरेर इन्टरनेटमा यौन क्रियाकलाप गर्न फकाउने र बाध्य पार्ने क्रम बढेको देखाएका छन्।

इन्टरनेट वाच फाउन्डेसनका अनुसार इन्टरनेटमा खोज्दा भेटिएका बालबालिकामाथि हुने यौन उत्पीडनका तस्बिरहरूको आफैँले खिचेकामध्ये ८० प्रतिशत तस्बिर ती उमेर समूहका बालिकाहरूको रहेको बताएको छ।

सो संस्थाले गत वर्ष ३७ हजार आफैँ खिचेका बालबालिकाका तस्बिरहरूमाथि अध्ययन गरेको थियो। यसका प्रमुख कार्यकारीले त्यो सङ्ख्याको वृद्धिदर खतरनाक रहेको बताएकी छन्।

सुसी हार्गियाभेसले घरभित्र खिचिएका त्यस्तो तस्बिर र भिडिओहरूको उपलब्धतालाई राष्ट्रिय सङ्कट भनेकी छन्। धेरैजसो भिडिओमा बालिकाहरूले क्यामरामा हेरेको र आफूले पठाइएको सन्देश पढ्दै भनेअनुसार यौन क्रियाकलाप गरेको देखिएको छ।

फाउन्डेसनका अनुसार बाल यौन उत्पीडनका तस्बिर र भिडिओहरू भएका सबै वेबसाइटहरूको एक तिहाइ सामग्री घरमा आफैँ खिचिएको पाइएको छ।

हार्गियाभेसले भन्छिन्: “यी बालिकाका तस्बिर र भिडिओहरू उनीहरूलाई फकाएर, झुक्याएर र बाध्य पारेर यौन क्रियाकलाप गर्न लगाइएका हुन्। यो राष्ट्रिय सङ्कट बन्दैछ।” “आज हामीले देखेको यो असहज सत्यलाई बाहिर ल्याउने यो उपयुक्त समय हो।”

फकाएर झुक्याउने

उनले साना उमेरका बालबालिकाहरूसँग शयनकक्षमा मोबाइल उपलब्ध हुँदा यौन उत्पीडनका पीडितहरूको उमेर कम हुँदै गएको बताएकी छन्। “त्यो उमेरका बालिकाहरू बढी जोखिममा हुन्छन्,” हार्गियाभेसले भनिन्। “उनीहरू शारीरिक रूपमा बढ्दै हुन्छन् र के भइरहेको छ भनेर निर्णय गर्न सक्ने भावनात्मक परिपक्वता हुँदैन।”

“उनीहरूलाई तिमीहरू राम्री छौ भनेर फकाइन्छ र कोहीसँगको सम्बन्धमा भएको विश्वासमा उनीहरूले त्यसो गर्छन्।”

गैरकानुनी काम

उनले त्यस्तो तस्बिर वा भिडिओ देख्नेहरूले अन्य बालिकालाई बचाउन कारबाहीका लागि प्रहरी वा सम्बन्धित क्षेत्रमा काम गर्ने निकायलाई जानकारी दिनुपर्ने बताइन्।

मारी कोलिन्स फाउन्डेसनकी टिन्क पाल्मरले बालिकाहरू भएको यस्तो सामग्रीको सङ्ख्या बढिरहेको बताइन्। “सबै इन्टरनेट प्रयोगकर्ताहरूले बुझ्नुपर्छ कि जसले राखेको भए पनि त्यस्ता सामग्री हेर्नु पनि गैरकानुनी हो,” उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा

  काठमाडौं । सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै

ट्वीटरले ईयु डिसइनफरमेसन कोड छोड्दै

  ट्वीटरले युरोपेली सङ्घको  डिसइनफरमेसन कोड छोड्ने निर्णय गरेको छ । एक स्वैच्छिक

टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना

मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी