सुदूरपश्चि प्रदेशका पूर्वमन्त्रीसहित दुई जनालाई एमालेबाट निस्कासन गर्न सिफारिस



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न एमालेले सिफारिस गरेको छ।

नेकपा एमाले कैलालीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले जिल्ला कमिटीका सदस्य समेत रहेका भिष्मराज सुवेदीलाई जिम्मेवारी मुुक्त गर्दै संगठित सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको बताए ।

भट्टले पूर्वमन्त्री सुवेदी पनि एमालेबाट निष्कासन गरिएका डा. भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको बताए।

पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरेका उनीहरु बुवा–छोरा हुन् । रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार

‘भूमिसम्बन्धी अध्यादेश ल्याउँदा विचार गर्नुपथ्र्यो’

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी

माधव नेपालको सुझावः हामीले विद्रोह गरेकोमा प्रश्न उठाउनेले वामदेव र भीम रावललाई हेर्नु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले केपी ओलीको निजी आदेश

अनुहारमा जलन भएकाले अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वासनली र फोक्सोमा असर गरेको आशंका, उच्च निगरानीमा उपचार हुँदै

काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल