‘मार्शल ल’ लागु गर्न भूल थियोः राष्ट्रपति यून सुक



बीबीसी । दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले ‘मार्शल ल’ लागु गरेकोमा माफी माग्दै पुन: यस्तो कदम नचाल्ने वाचा गरेका छन् ।

मङ्गलबार राति उनले घोषणा गरेको सैनिक शासन ६ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो। त्यसपछि उनले महाअभियोगको सामना गरिरहेका छन् ।

राष्ट्रपतिको सम्बोधनपछि प्रतिक्रिया दिँदै सत्तारूढ पीपल्स पावर पार्टीका नेताले यूनले नियमित कामकाज जारी राख्न असम्भव रहेको बताए । मार्शल ल लागु गरेपछिको पहिलो राष्ट्रका नाममा गरिएको सम्बोधनमार्फत् उनले राजीनामा घोषणा गर्ने आकलन गरिएको थियो। तर उनले त्यसो गरेनन् ।

बरु उनले अवस्था सामान्य बनाउने जिम्मेवारी सत्तामा रहेको आफ्नो दललाई सुम्पिने बताए । उनले महाअभियोगको प्रसङ्गबारे केही उल्लेख गरेनन् । विपक्षी दलले अघि बढाएको महाअभियोगमा शनिबार मतदान हुँदै छ।

कुल ३०० सदस्य रहेको संसद्बाट राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न विपक्षी दलहरूलाई सत्ताधारी पार्टीका आठ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङले राष्ट्रपतिको प्रतिक्रियाले मानिसहरूमा थप आक्रोश बढाएको बताएका छन् । उनले राष्ट्रपति यूनलाई पदबाट हटाउन आफूहरूले सक्दो प्रयास गर्ने बताएका छन् । यूनले मङ्गलबार राति घोषणा गरेको सैनिक शासनपछि दक्षिण कोरियामा राजनीतिक उतारचढाव जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरियोः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताएका छन् ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, दुई खर्ब १७ अर्बको लक्ष्यमा ९९ अर्ब मात्र उठ्यो

काठमाडौँ । चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम। अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा मिसाइल प्रहार गरेपछि

अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प

वासिङ्टन ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य आणविक स्थलहरू