गृहमन्त्रीको नाम नराखी संसदीय समिति बन्न नसक्ने कांग्रेसको अडान



काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस नेताहरुको बैठकले सहकारी ठगीमा छानबिन गर्दा गृहमन्त्री रवि लामिछानेको नाम तोक्नुपर्ने निर्णय गरेको हो ।

सदनको गतिरोध अन्त्यका लागि सघाउन आग्रह गर्दै घरमै आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई  देउवाले त्यही निर्णय सुनाएका छन् । नेताहरूबीच आन्तरिक छलफल भइरहेका बेला प्रचण्ड बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए ।

बैठकमा सहभागी नेता जीवन परियारले कांग्रेसले आफ्नो पूर्ववत अडानमा कायम रहेको सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारीको नाम तोक्ने तर व्यक्तिको नाम नतोक्ने प्रस्तावमा सहमति जनाउन आग्रह गरे पनि देउवाले त्यसलाई अस्वीकार गरेका थिए ।

सरकारले संसदबाटै बजेट ल्याउन चाहेकाले सहज परिस्थिति बनाइदिन प्रचण्डले देउवासँग आग्रह गरेका थिए । सभापति देउवाले सरकारले प्रतिपक्षलाई अलमल्याउने नीति लिएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई व्यक्तिको नाम तोकेरै छानबिन समिति बन्छ भने सहमति हुने, नभए असहमतिको कारक सत्तापक्ष नै हुने जवाफ दिएका थिए ।

यसअघि कार्यदलमा गृहमन्त्री लामिछानेको नाम नलेख्ने र उनी संलग्न सहकारी र कम्पनीमा मात्र उल्लेख गर्नेमा कांग्रेस सहमत भएको सत्ता पक्षका नेताहरुले बताएका थिए । कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ । तर सत्तापक्ष संसदीय समिति गठन गर्न तयार भएको छैन । जसका कारण बजेट सदनबाट आउनेमा आशंका बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी

काठमाडौँ। मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि

पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ ।

पार्टीभित्र विचारको कुनै मतभेद नभएको अध्यक्ष नेपालको दाबी

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको

अहिले जनतामा डगमगाउन खोजेको जनविश्वासलाई सबल र सुदृढ तुल्याएर अघि जानुपर्छ

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि