पछिल्लो राजनीतिले मुलुकमा आँधी तुफान आउनसक्ने अवस्था छः प्रवक्ता सापकोटा



काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले यतिबेला भू–राजनीतिक परिस्थितिका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको दोस्रो अधिवेशनमा सापकोटाले देशमाथि भयानक संकटको स्थिति आउने अवस्था रहेको भन्दै राष्ट्रियताको हिसाबले सबैले आफूलाई तयार पार्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने,‘अहिले भू–राजनीतिको अवस्था अत्यन्तै जटिल छ । पेचिलो छ । आज हाम्रो आँगनमा युद्ध हुँदैछ । त्यसकारण राष्ट्रियताको हिसाबले पनि हामीले आफूलाई तयार पार्नुपर्ने बेला आएको छ । आँधी तुफान आउनसक्ने अवस्था छ । देशमा एउटा भयानक संकटको स्थिति आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताका लागि र जनताको आर्थिक विकासको लागि पनि तयार हुनुपर्छ ।’

उनले देशमा समाजवादउन्मुख राज्यव्यवस्था लिपिवद्ध गर्न सफल भएतापनि जनताको जीवनस्तर उकास्नेगरी साँचो अर्थमा अनुभूत गर्ने खालको परिवर्तनलाई संस्थागत गर्न चुकेको बताए । विश्व नै दृष्टिविहीन भएको अवस्थामा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण नबनेको भन्दै उनले राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक रहेको बताए ।

प्रवक्त सापकोटाले नेपालमा वामपन्थीहरु मात्र नभई सबै कम्युनिष्टहरु एकीकरण भएमा मात्र देशमा विकासले गति लिन सक्ने बताए । उनले विज्ञान र प्रविधिको प्रयोग गर्न नसके पुरानो ढाँचाले देशको विकास गर्न नसकिने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी प्रमुख परिवर्तन हुँदैनः प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता

बाढी पहिरोका कारण ताप्लेजुङका २५ घर परिवार विस्थापित, पाँच जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका

आइडा–२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा

  काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग काठमाडौँमा आयोजना

मिडिया–राजनीतिले महत्व नदिने पाटो

डा. गोविन्दशरण उपाध्याय । मिडिया–प्रिय हुनै सक्नुहुँदैन किनभनेः १. आफ्नो देशको मौलिक निरन्तरतासंगै