कांग्रेस नसच्चिए कम्युनिष्टहरुले यो व्यवस्था नै खारेज गरिदिन्छन् !



शारदाप्रसाद त्रिताल ।
नेपाली कांग्रेस ‘प्रचण्डांग्रेस’ को आवरणबाट बाहिर आउन लागेको जस्तो त देखिन थाल्यो तर ‘प्रचण्डपथ’ चरित्रको धङ्धङीबाट बाहिर आउन ढिलाई गरिरहेछ । २०५१ सालदेखि आफ्नो पार्टीको मूल चरित्रबाट विचलित हुँदै आएको नेपाली कांग्रेस अहिले ‘दाइभाउजु कम्पनी’ को रुपमा परिणत हुँदै पतनको अन्त्यतिर पुग्न लागेको छ । २०६२ सालतिरदेखि कम्युनिष्टहरुको कठपुतली बनेको कांग्रेस अहिले कम्युनिष्टको चरित्र नक्कल गर्दै कमजोर प्रदर्शन गर्न बाध्य छ, फलस्वरुप प्रजातान्त्रिक मूल्य मान्यतालाई तिलाञ्जली दिइसकेको अवस्थामा पुगेको छ ।
अहिले नेपाली कांग्रेसको नाम राखेर दाइभाउजु कम्पनीको रुपमा न प्रजातान्त्रिक मूल्य मान्यताको पालना र संरक्षण गर्न सक्षम छ न त कम्युनिष्ट चरित्र प्रदर्शन गरेर उनिहरुमाथि विजय प्राप्त गर्न नै सफल हुनेवाला छ । यो नै वर्तमान नेपाली कांग्रेसको सकस (म्ष्झिmब) हो । आफुले गर्दा त्यही कुरा ठीक र अरुले गर्दा वेठीक भन्ने चरित्र प्रपोगाण्डा हो । यो चरित्र कम्युनिष्ट वा तानाशाही सिद्धान्त अपनाउनेहरुको हो । प्रजातान्त्रिक सिद्धान्तमा आस्था राख्नेले प्रपोगाण्डामा विश्वास गर्दैन । तर अहिले दाइभाउजु कम्पनीको बचाउका लागि प्रपोगाण्डा प्रवृत्ति अपनाउन कांग्रेस विवस भएको देखिन्छ । त्यसैले, अब नेपाली कांग्रेसका सच्चा नेता र कार्यकर्ता बिउँझनु आवश्यक भइसकेकोछ ।
किन र कसरी ?

प्रजातान्त्रिक मूल्य मान्यता अनुरुप सरकारमा बस्नेहरुले गरेको गलत कार्यको संसदमा विरोध गर्नु विपक्षीको धर्म र अधिकार हो । सांकेतिक विरोध गरी जनताको ध्यानाकर्षण गराउने र त्यो मुद्धालाई संसदको अभिलेखमा राख्ने व्यवस्था गर्नु संसदीय चरित्र हो । तर कम्युनिष्टहरुको जस्तो संसदलाई नै निरन्तर बन्धक बनाउनु प्रजातान्त्रिक चरित्र होइन । विगतमा कम्युनिष्टहरुले लगातार ५७ दिन संसद अवरुद्ध गर्दा देशले भोगेको पीडाबारे प्रजातान्त्रिक हुँ भन्ने पार्टीले हेक्का राख्नु पर्ने हो । प्रजातान्त्रिक पार्टीले विपक्षमा बस्ता पद्धतिको लागि आवाज उठाउने र कार्य गर्ने हो र सरकारमा आएपछि त्यो पद्धति अनुरुप सरकार चलाई देशमा सुशासन कायम गर्ने हो । विपक्षमा बस्ता सरकारको विरोध मात्रै गर्ने र सरकारमा आएपछि पहिलेको सरकारले जस्तै गर्ने चरित्र प्रजातान्त्रिक होइन । प्रजातान्त्रिक पार्टीले विपक्षमा बसेको समयमा आफ्नो आन्तरिक प्रजातान्त्रिकरणलाई मजबूत बनाउन ध्यान दिने हो ता कि आउँदो निर्वाचन जित्न सहयोग पुगोस् । पार्टीमा चरम गुटबन्दी गर्ने, आसेपासेको संरक्षण गर्ने, भातृ र शुभेच्छुक संगठनलाई टीके प्रथाबाट नेतृत्वको चम्चागिरी गर्ने संयन्त्र बनाउने अनि प्रजातान्त्रको दुहाइ दिंदैमा अरुले प्रजातान्त्रिक मान्न सक्तैन र चुनाव जित्न पनि सकिंदैन।

प्रजातान्त्रिक पार्टीले विपक्षमा बसेको समयमा देशको विविध पक्षमा अध्ययन अनुसन्धान गर्ने गराउने र वास्तविकताको पहिचान गर्ने र सरकारमा आएपछि पहिचान गरिएका आवश्यकताको पूर्ति गर्ने हो । सत्तामा पुग्नको लागि जे पनि गर्न तयार हुने होइन । विपक्षमा बस्ता जुन कुराको विरोध गरिन्छ, सत्तामा आएपछि आफैंले विरोध गरेको विषयलाई अपनाउनु अप्रजातान्त्रिक चरित्र हो । अथवा, आफू सत्तामा हुँदा जुन खराबी गरिन्छ, अर्को पार्टी सरकारमा आएर त्यही खराबी गरेमा त्यसको विरोध गर्नु पनि सच्चा प्रजातान्त्रिक चरित्र होइन । पहिले आफूलाई सुधार गर्नु प्रजातान्त्रिक चरित्र हो । प्रजातान्त्रिक पार्टीले आफ्नो पार्टीको शुद्धीकरण गरेर उदाहरणीय बन्न सक्नुपर्छ । आफ्नोमा डुङ्डुङ्ती गन्हाउनेहरुलाई संरक्षण गरेर अरुलाई शुद्धीकरणको पाठ सिकाउनु सान्दर्भिक हुँदैन ।

भुटानी शरणार्थी काण्ड, टेरामक्स काण्ड र विशेष अदालतले दोषी ठहराएका सांसदको केशमा नेतृत्वले खेलेको भूमिका कसैले विर्सेका छैनन् । यस्ता कुरालाई लुकाएर अरुप्रति नाच देखाएर प्रजातान्त्रिक हुइँदैन । नेपाली कांग्रेसका सच्चा नेता तथा कार्यकर्ताले यस बारेमा गम्भीर भएर समीक्षा गर्नु जरुरी छ । धेरैजसो अव्यवस्थाको शुरुवात कांग्रेसले गर्दै जाने र त्यसलाई भर्याङ् बनाएर कम्युनिष्टहरुले संसदीय व्यवस्था नै खराब हो भन्ने देखाइरहेका छन् । वर्तमान अवस्था अरु केही समय कायम रहेमा कम्युनिष्टहरुले यो व्यवस्था नै खारेज गर्दिन्छन् । सच्चा कांग्रेसले यसमा गम्भीर हुनुपर्छ । प्रजातन्त्रको आधारभूत पक्ष सुशासन हो । सुशासन कानूनको शासनको माध्यमबाट हासिल गर्न सकिन्छ । सुशासन हासिल गर्ने अर्को मुख्य हतियार पद्धतिको विकास र त्यसको परिपालना हो भन्ने सत्यलाई जवसम्म आत्मसात गरिंदैन, तवसम्म प्रजातान्त्रिक मूल्य मान्यताको संरक्षण गर्न सकिंदैन । जबसम्म सुशासन कायम हुन सक्तैन, तवसम्म देशको समुन्नति पनि सम्भव हुँदैन । तसर्थ; नेपाली कांग्रेसका सच्चा नेता र कार्यकर्ताहरु बिउँझनुहोस् । दाइभाउजु कम्पनीको तावेदारी छोडी नेपाली कांग्रेसलाई जनसमक्ष ल्याउनु होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा