काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउने विषयमा नेकपा एमाले र कांग्रेका शीर्ष नेतासँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीले आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग विधेयक अघि बढाउने विषयमा छलफल गरेका हुन् । प्रधानमन्त्रीले सुरुमा एमाले अध्यक्ष ओलीसँग र त्यसपछि देउवासँग विधेयककाबारेमा छलफल गरेका थिए ।
प्रधानमन्त्रीले संसदीय समितिमा विधाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । दलहरूबीच कुरा मिल्न नसक्दा संक्रमणकालीन न्याय सम्बन्धि विधेयक संसदको कानुन समितिमा लामो समयदेखि अड्किएर बसिरहेको छ । एमालेले विधेयक पीडितमैत्री हुनुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया