एमाले टिआरसी विधेयक पारित गर्ने पक्षमा छः अध्यक्ष ओली



विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । बुधबार विराटनगर आएका अध्यक्ष ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको बताएका हुन् ।

उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए । साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताए ।

अध्यक्ष ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए ।

एक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मातातीर्थमा देखिएको आमाको श्रद्धा(फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने

सरकारसँगको वार्ता निष्कर्ष उन्मुख नरहेको भन्दै आन्दोलन सशक्त बनाउन शिक्षक महासंघको आह्वान

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग चलिरहेको वार्ता निष्कर्ष उन्मुख नभएको बताएको छ

सत्ता सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा देउवा-ओलीबीच बालुवाटारमा दुई घण्टा वार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

डोल्पाको कान्जिरोवा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । डोल्पामा भूकम्प गएको छ । आज बिहान ३ बजेर ६ मिनेट