समाजवादी मोर्चा पतनको पीडाबाट निस्किएको क्रन्दन शिवाय केही हैन



ऋषि कट्टेल ।
नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो जन्म कालदेखिनै संशोधनवाद र विसर्जनवादको अनेकन षड्यन्त्रहरुसँग जुध्दै आइरहेकौ छ । अनेकन उतारचढावबाट गुज्रिरहेछ । कहिले सिर्जनवादीहरु बलिया भएका छन् कहिले कमजोर । गद्धार र संशोधनवादी तुलसीलालहरुले पार्टी कब्जा गरेपछि २०२५ सम्म विसर्जनवादीहरु बलशाली बने । २०२५ मा गोरखपुर सम्मेलनपछि २०४६ सम्ममा त्यो शक्ति पूर्णरुपमा पराजित भयो । २०४६/४७ को परिवर्तनपछि देशको सबैभन्दा ठुलो र नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकार पार्टी नेकपा एमाले कथित बहुदलीय जनवादको विसर्जनवादी कार्यक्रम अगाडि सारेर वर्गसंघर्षको बाटोबाट च्यूत भएपछि विसर्जवाद फेरि प्रभावी बन्यो । २०५२ मा माओवादीले शसस्त्र युद्ध थालेपछि एमाले नामको विसर्जनवाद कमजोर भयो तर परास्त भएन । युद्धविराम गर्दै शान्ति प्रक्रियामा आएको माओवादी संसदवादमा पूर्णरुपमा पतन भएपछि विसर्जनवादका दूई कित्ता एमाले र माओवादी तयार भए । स्मरणीय छ माओवादी चौथो महाधिवेशनको उत्तराधिकारी पार्टी हो ।

अहिले यी दुई विसर्जजनवादीहरु बलिया छन् । नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी दुई मोर्चाबाट विसर्जनवाद विरुद्ध संघर्ष गरिरहेका छन् । विसर्जनवादका दुई कित्ता एमाले र माओवादी सत्ताको नेतृत्वको निम्ति होडवाजीमा लागेका छन् । माओवादीको तुलनामा एमाले निकै बलियो छ । माओवादी एक्लै एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैन । अहिले ऊ काँग्रेस र मोदीको आशिर्वादमा जेनतेन टिकिरहेको छ । माओवादीले यो कुरा बुझेको छ कि यो सम्वन्ध कुनैपनि बेला भत्कन सक्दछ । त्यसैले उसले समाजवादी मोर्चा नाम गरेको अर्को विसर्जनवादी कित्ता निर्माण गर्न लागिरहेछ । यो मोर्चा माओवादीको पतन रोक्ने र एमाले वा काँग्रेस सँगको सौदावावाजीको निम्ति आधार तयार गर्ने हो । संसदवादमा पतन भएका एमाले र माओवादी दुवै शक्तिहरु एक्ला एक्लै संसदीय अस्तित्वमा रहने संभावना छैन । कथित वाम एकता वा समाजवादी मोर्चा पतनको पीडावाट निस्किएको क्रन्दन शिवाय केही हैन ।

यिनले जतिसुकै षड्यन्त्र र नौटंकी गरेपनि नेपालको कम्युनिष्ट आन्दोलनले विसर्जनवादको पराजय निश्चित छ भन्ने कुरा प्रमाणित गरिसकेको छ । माझी तुलसीलालहरु यसका ज्वलन्त उदाहरण हुन् । अहिले विसर्जनवादीहरु बलिया जस्ता देखिए पनि यथार्थमा यि कागजी बाघ हुन् । जब जनताले वास्तविकता बुझ्ने छन् यिनको सपनाको महल ढल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक

लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता आउने

  काठमाडौँ ।  आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज

संसद छलेर अध्यादेशमार्फत कानुन संशोधन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले सरकारले केही महत्वपूर्ण कानून संशोधन गर्न अध्यादेश जारी गर्ने