माओवादी–काङ्ग्रेसको यो गठबन्धन भत्किन ओलीजीले नै दिनुहुन्न !



केशवप्रसाद भट्टराई ।
ओलीजी आफैँले बनाइदिनुभएको माओवादी–काङ्ग्रेसको यो गठबन्धन भत्किन ओलीजीले नै दिनुहुन्न ।

१. ओलीजी जसरी पनि यो सरकारी गठवन्धन तोड्ने कुरा गर्नुहुन्छ, तोडेपछि के गर्ने ? माओवादी वा काङ्ग्रेस उहाँको प्राथमिकता के ? त्यो बारे उहाँहरूको विचार आएको छैन । भत्काउने लक्ष सहित बनाउने के भन्ने पनि आए पो ।

२. ‘काङ्ग्रेसलाई सरकारबाट हटाऊ ,चुनावसम्म सरकार एक्लै चलाऊ, हामी बाहिरबाट समर्थन गर्छौँ ‘ भन्नोस् त तीन मिनेटमा प्रचण्डजीले गठवन्धन भत्काउनु हुन्छ ।

३ . अघिल्लो पुस १० मा काङ्ग्रेसले ठूलो दलको हैसियतले सरकार बनाउन नसकोस भनेर नै प्रचण्डलाई काँधमा राखेर संसारै जिते जस्तो गरेर ओलीजी बार्दलीमा नाच्नु भएकै हो । संसदको सवैभन्दा ठूलो दललाई सरकार बनाउनबाट रोक्ने रणनीति अवलम्वन नगरेको भए दुई वर्षपछि ओलीजी र एमालेका सामू दर्जनौ विकल्प प्रस्तुत हुन्थे तर आज उहाँहरूसँग नगन्य विकल्प छन् । राजनीतिमा उहाँहरूको चुनौती काङ्ग्रेस होइन, माओवादी हो भन्ने बारे किन सोचिएन थाहा भएन ।

४. यो गठबन्धन बनाइदिएकै ओलीजीले हो । नत्र गठवन्धन भत्किसकेकै थियो । ओलीजी भन्दा सजिला देउवाजी पाएपछि प्रचण्डजीलाई के चाहिएको थियो र ? यो गठबन्धन भत्किएला नभत्किएला त्यो भन्दा पनि देउवाजी र ओलीजीलाई खेलाएर प्रचण्डजी अर्को चुनाव सम्मको प्रधानमन्त्री भने पक्कै हो जस्तो लाग्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक

लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता आउने

  काठमाडौँ ।  आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज

संसद छलेर अध्यादेशमार्फत कानुन संशोधन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले सरकारले केही महत्वपूर्ण कानून संशोधन गर्न अध्यादेश जारी गर्ने