कोशीका मुख्यमन्त्री कार्कीद्वारा दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार



विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बुद्धिकुमार राजभण्डारीलाई ऊर्जा, खानेपानी तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले २० असोजभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनसेल प्रकरणमा जतिसुकै ठूलो मानिस संलग्न भएपनि कारबाहीको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा

ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिद बिक्री प्रक्रियामा अर्बौ

आगामी जेठ ३ गतेदेखि महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पेट पाल्न विदेश जानुपर्ने अवस्था अन्त्य गरिदिनु भन्दै ओलीलाई ९ वर्षीय बालकको पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका नौ वर्षीय बालकले विदेश

एनसेल कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध