९९ वर्ष अगाडि



डा. गोविन्दशरण उपाध्याय ।
राणा शासक चन्द्र शम्सेरले श्रीपशुपति नाथको भेटीबाट मोरू १४ लाख झिकेर देशभरीका कमारा–कमारीलाई मुक्त गरेको आगामी २०८१ मा ठीक एकशय वर्ष पुग्ने छ । अहिलेको नेपाली समाजका लागि करिया प्रथा पढ्दा अचम्म लागे पनि त्यस वखतको समाजमा स्वाभाविक थियो ्र जतिधेरै करिया हुन्थे, त्यो परिवारलाई त्यतिनै धनिमानी मानिन्थ्यो । पुरुष कमाराको तुलनामा स्त्री कमारीको धेरै मूल्य पर्थ्यो भनेर तेस बखतको सामाजिक व्यबस्था देखेका र भोगेका पत्रकार भैरवले लेखेका छन् ।

सन् १८६३ मा तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले दास प्रथाको अन्त्य भएको घोषणा गर्दा गृहयुद्ध निम्तिएको थियो जसमा अनुमानित १० लाख मान्छेको मृत्यु भएको थियो र यही कारणले लिंकनको हत्या भएको थियो । यो सबै गर्ने आज नेपालीहरूले सबैभन्दा सभ्य संस्कृति भएका “गोरा“हरू थिए । तर सोही समयमा नेपालका चन्द्र समशेरले जनही १४० मोरू दिएर दासहरू मुक्त गर्दा देशमा सामान्य विरोध बाहेक केही भएको थिएन । दासलाई मुक्त गर्दा एकजनाको पनि हत्या भएको थिएन !

साथैं, श्रीपशुपति नाथको भेटी रकम करियाहरूको उद्धारका लागि उपयोग भएको थियो । विश्वका अन्य धर्ममा यस्तो कुनै इतिहास छैन । केवल ८ वर्ष अगाडी इराकको क्ष्क्क् का मुस्लिम अनुयायीहरूले खुल्लाबजारमा यजदी महिलाहरूलाई सेक्स–स्लेभका रूपमा बेचेको, स्त्री भएकै कारण १९ वर्षीय यजदी महिला मोरादले भोग्नु परेको अनन्त धार्मिक (इस्लाम धर्ममा आधारित) हिंसाको कथा पढ्दै गर्दा मन त्रसित भएको छ । धार्मिक पुस्तकको विश्वासका आधारमा २१ सौं शताब्दिको अन्त्यतिर पनि मोरादजस्ता महिलाहरूउपर क्रूरतम व्यबहार गर्ने धार्मिक विश्वास केवल मुसाई (यहुदी, इसाई र मुस्लिम)मा सम्भव छ ।

नादीया मोरादको जन्म सन् १९९३ मा एउटा सानो इराकी गाउँमा यजदी परिवारमा भएको थियो । उनलाई २०११ मा तत्कालीन आइएसआईले सम्पूर्ण परिवारसंग अपहरण गरेको थियो । अपहरण गरिएका सम्पूर्ण पुरुषहरूलाई गोली हानेर मारिएको थियो भने नादियाजस्ता युवति र बालिकाहरूलाई कुरानको आदेश (सरिया ल)का अनुसार दासीका रूपमा इराककै मोसुल भन्ने ठाउँमा लागेर बेचिएको थियो । त्यसपछिको सम्पूर्ण कथा उनले ‘लास्ट गर्ल’मा लेखेकी छन् । एउटा धार्मिक पुस्तकले २१ सौं शताब्दिको मान्छेलाई कहाँसम्म नीच, दुष्ट र अत्याचारी बनाउँदो रहेछ (मुसाई) बुझ्न हरेक नेपाली नागरिकले मोरादको आत्मकथा पढ्नै पर्छ । अचम्मको कुरा के भने आजसम्म कुनै पनि मुस्लिम धर्मगुरू वा समुदायले यजदी मोरादको आत्मकथा पढेर मोरादको दुखप्रति एकशब्द बोलेको छैन ! तर त्यही पुस्तकको नियमलाई मान्नेहरूलाई नेपालका प्रगतिशीलहरूले धर्मनिरपेक्षका पक्षधरका रूपमा राखेर संरक्षण गरिरहेको छ । फरक धार्मिक विश्वास भएका यजदी महिला र पुरुषसंग २१ औं शताब्दिको इस्लामले गर्ने व्यबहार बुझ्न लास्ट गर्ल पढ्नै पर्छ ।

पछि, नादिया मोरादले नोबेल पुरस्कार प्राप्त गरिन् । अचम्मको कुरा के भने पाकिस्तानी लेखिकाले जुन शान्तिका लागि नोबेल पुरस्कार पाएकी थिइन्, उनले सन् २०२२ मा कुरानअनुसारको जीवन जिउने कसम खाएकी छन् ।

आज भन्दा ९९ वर्ष अगाडी नै हिन्दूहरूको धार्मिक विश्वासले तेस बखतका दासदासीहरूलाई आम मनुष्य बनाउन श्रीपशुपतिको भेटी प्रयोग भएको थियो । जसका लागि तेस बखत कसैले विरोधको एक शब्द पनि बोलेका थिएनन् । चन्द्र शम्सेरको यो कार्य कति प्रगतिशील थियो भन्ने विषयमा आजका प्रगतिशीलहरूले कुनै ध्यान दिंदैनन् । बरू प्रगतिशीलताको नशामा १९ वर्षीया यजदी महिलाहरूलाई धार्मिकआधारमा मृत्युको पीडा दिने धार्मिक तथा सांस्कृतिक समूहलाई संरक्षण गर्छ !

सत्य हो कि हामी मध्ये कोई पनि चन्द्र शम्सेरको समयमा फर्केर जान सक्दैन तर २१ सौं शताब्दीको अन्त्यतिर मोरादहरूलाई धार्मिक आधारमा (धार्मिक पुस्तकको संबिधान –सरिया) हिंसा गर्नेहरूको संरक्षण गरेर “प्रगतिशीलता“ देखाउने कामको अन्त्य गर्न सकिन्छ । तर मुसाई संस्कृतिमा विकसित भएका पूँजीवाद र साम्यवादी नास्तिक राजनैतिक चिन्तनमा पनि “हिंसा“लाई विकासका लागि अनिवार्य ठानिएका कारण चन्द्रसमशेर र उसको धार्मिक आस्थासंग जोडिएको पशुपति नाथको १३ लाख भेटीको प्रसंग बुझ्नै सक्दैनन् वा बुझ्न नै चाहन्नन् । बरू, विदेशी चिन्तनको दासतालाई राजनैतिक आवरण दिएर नेपाली जनतामा थोपर्दा गौरव ठान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक