प्रधानमन्त्रीकै राष्ट्रघाती अभिव्यक्तिका लागि उहाँलाई संसदीय कठघरामा उभ्याउनुपर्छ



शंकर पोखरेल ।

प्रधानमन्त्रीको भारत भ्रमणका कारणले स्थगित भएको संसद बैठक आजबाट सुरु हुँदैछ । बैठकमा जनता र राष्ट्रको सरोकारका यी विषयमा माननीयज्यूहरुको ध्यान गम्भीरतापूर्वक जानेनै छः–

संसदको विशेषाधिकार हनन्को विषयः प्रधानमन्त्री भारत भ्रमणमा जादैगर्दा हदम्याद गुज्रिएर निष्कृय बनेको विधेयक मन्त्रिपरिषदको निर्णयका आधारमा राष्ट्रपतिवाट प्रमाणीकरण हुनु संसदको क्षेत्राधिकारको गम्भीर उलंघनको विषय हो । विधेयकमा छलफल गर्ने, पारित गर्ने र प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने काम संसदको हो, सरकारको होइन । त्यसमाथि नयाँ जनादेशवाट नयाँ प्रतिनिधिसभा आएको ६ महिनाभन्दा बढी भइसकेको अवस्थामा निष्कृय र विवादास्पद विधेयक अनुचित तरिकावाट प्रमाणीकरण गरिनु खेदजनक छ । प्रमाणीकरण भएको विधेयक संविधानको भावना विपरित छ । वैवाहिक अंगीकृतका सन्दर्भमा नेपाल र भारतका बीचमा कम्तिमा समान व्यवस्था हुनुपर्दछ भन्ने नेपाली जनताको चाहना विपरित विधेयक आएको छ । नेपाली चेलीहरु विहे गरेर भारत जाँदा भारतीय नागरिकताको अधिकार पाउन ७ वर्ष लाग्ने र नेपालमा विवाहसँगै नागरिकता पाउने व्यवस्था राष्ट्रको हित विरुद्धमा छ । त्यसमाथि यो विधेयकलाई भारत भ्रमणसँग जोडिनुले पनि यसको अन्तर्यलाई सहजै वुझ्न सकिन्छ। यस्ता विषयमा संसदको ध्यान गम्भीर रुपमा जानु र संसदको विशेषाधिकारको रक्षा गरिनु आवश्यक छ ।

नेपाल र नेपालीको शीर निहुराउने भारत भ्रमण र कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति गम्भीर राष्ट्रघात हो । बंगलादेश जानेवाटो नेपाल जस्ता भूपरिवेष्ठित राष्ट्रले पाउनैपर्ने अधिकारको विषय हो । यसलाई हाम्रो मिचिएको भूभागसँग जोडिनु गम्भीर राष्ट्रघाती सोच हो । यसप्रति सिंगो संसद र माननीयज्यूहरुको ध्यान गम्भीर रुपमा जानु पर्दछ । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीवाट यस अतिरिक्त निम्नानुसारका गम्भीर कमजोरी समेत भएका छन्ः

क) औपचारिक भ्रमणलाई राजकीय भ्रमण भनेर जनतालाई गुमराहमा राख्ने र ढाट्ने काम ।

ख) औपचारिक भ्रमणलाई पारिवारिक निजी भ्रमणजस्तो बनाउने काम । सुरक्षा सल्लाहकारसंगको भेटमा भारतीय विदेश सचिव उपस्थित भएको देखिँदा प्रधानमन्त्री भने परराष्ट्रका अधिकारी विना नै छोरीको साथमा देखिनु गम्भीर कमजोरी हो ।

ग) भ्रमणका क्रममा मन्त्रीज्यूहरुको तुलनामा प्रधानमन्त्रीले आफ्नी छोरीलाई (जो प्रधानमन्त्रीको स्वकीय सचिव समेत हुन् )उच्च मर्यादाक्रममा राख्नु कुटनीतिक दृष्टिले गम्भीर त्रुटी हो ।

घ) भारत भ्रमणका क्रममा नेपालले आफ्नो सरोकारका विषयमा भ्रमणलाई केन्द्रित गर्न पूर्णतः असफल रह्यो । जस्तोः सीमा समस्याको समाधान, भारतीय बाँधका कारणले वर्खामा हुने गरेको तराई क्षेत्रको डुवानको समस्याको समाधान,पोखरा र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ एअररुटको प्राप्ति र नेपाल भारत असमान सन्धी संझौताको सुधारका लागि तयार भएको इपीजीको प्रतिवेदनको कार्यान्वयन । यस्ता विषयलाई अदृष्य भयका कारण प्रधानमन्त्री स्वयमले उपेक्षा गरेको देखियो ।

ङ) प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय चासोको आँखा चिम्लेर सम्बोधन गर्ने काम भयो । नेपालको सरोकारका मुख्य विषयहरुले ठाउँ पाउन सकेनन् । तर पनि प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीको सान्त्वना भाषणको प्रसंशा गरेर भ्रमणको औचित्य पुष्टि गर्न खोजिरहनु भएको छ ।

च) जनप्रतिनिधिज्यूहरुले कुटिलताले भरिएको भाषणमा होइन तथ्यमा प्रवेश गरेर प्रधानमन्त्रीसँग सवाल जवाफ गर्नुपर्दछ । भारत भ्रमणका क्रममा देखिएको नेपाल पक्षको कमजोर तयारी, भ्रमण दलका सदस्यहरुवाट भएको कुटनीतिक मर्यादाको गम्भीर उल्लंघन र प्रधानमन्त्रीकै राष्ट्रघाती अभिव्यक्तिका लागि उहाँलाई संसदीय कठघरामा उभ्याउनु सक्नु पर्दछ । ताकी भविष्यमा कुनैपनि प्रधानमन्त्रीले विदेशमा गएर यस प्रकारले राष्ट्रको शीर निहुराउने काम नगरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत