जीवन रोजौं !



गोविन्दशरण उपाध्याय ।

शरीर कसैको निजी मात्र सम्पत्ति होइन, यो आमाको छोरो, बुवाको छोरो, दाजूभाई, दिदीवहिनी, मामा, काका, हजुरवा–हजुरआमा, साथी, पतिपत्नी, कामदार, म्यानेजर, गुरू, राष्ट्रको नागरिक, विश्वको नागरिक सबैको साझा सम्पत्ति हो । मैले मेरो शरीरको उपयोग गर्छु तर सबै सम्बन्ध, नातागोता, आफूले गरिरहेको कामका आधारमा निर्मित भएको परिचय र ती परिचयहरूका आधारमा मसंग आश्रित भएका मान्छे, पशुपक्षी आदि सबैको ‘म’ साझा सम्पत्ति हो । यो साझा तर निजी जीवनप्रति शंका नगरौं । सबैभन्दा जेठो उपनिषदले भन्छ “जीवन स्वर्णपात्रमा रहेको अमृत हो तर जसले यो अमृत पोख्छन्, उनीहरू सधैंका लागि नर्कको गहन अन्धकारमा पर्छन् ।“

हाम्रो एउटा अस्वाभाविक निर्णयले राष्ट्रले एउटा शक्तिशाली तत्व नागरिक गुमाउँछ, पत्नीले पति गुमाउँछिन्, आमावुवाले छोरा गुमाउँछन् । एउटा अप्राकृतिक निर्णयले धेरैले धेरै थोक गुमाउँछन् भने गुमाउनेहरूले आफ्नो सास छँदासम्म म गुम्नुको पीडा बोकेर जीवित रहिरहेका हुन्छन् । मनोबैज्ञानिकहरूले खोजेका छन् कि कमसेकम पनि १२७ जना व्यक्ति प्रत्यक्ष रूपमा प्रभावित हुन्छन् । एउटा असुरक्षित निर्णयले (आत्महत्या) यतिधेरै व्यक्तिहरू जिन्दगी भरी समस्यामा पर्छन् । उनीहरूको पीडाले मृत्यु भएकालाई छोला न छोला तर !!

हो, विश्वका घटनाहरू मेरो लागि सधैं र सबै अनुकुल नहुन सक्छन् तर अनुकुल पनि धेरै हुन्छन् । रात सकिएपछि सूर्योदय हुन्छ नै । आत्महत्याको सत्यलाई स्वीकार गर्न सक्दिन किनभने शरीर मेरो निजी सम्पत्ति होइन, यो बाबुआमा वा पतिपत्नीआदिको पनि साझा सम्पदा हो । समाजले मलाई मेरो शरीरको प्रयोग गर्ने स्वतन्त्र अनुमति अवश्य दिएको छ तर नष्ट गर्ने अनुमति दिएको छैन । कुनै पनि धर्म, संस्कृति तथा सभ्यताले आत्महत्याको अनुमति दिंदैन केवल असाधारण परिस्थितिमा सैनिकहरूले आफ्नो कर्तव्य पालन गर्न सक्छन् ।

मेरो व्यक्तिगत अनुभवले भन्छ, मृत्यु भन्दा जीवन धेरैधेरै शक्तिशाली छ । संसारमा पलायन गर्नेहरूको भन्दा समस्याहरूसँग भिड्नेको बढी महत्व हुन्छ । आज विज्ञान–प्रविधिले एतिबिध्न प्रगति गरेको छ कि यदि कसैले “मलाई मर्न (आत्महत्या गर्न) मन लाग्छ“ भनेर सुनायो भने पनि उसले सफल उपचार प्राप्त गर्न सक्छ । “मलाई मर्न मन लाग्छ“ भन्ने तपाईंको एउटा सूचनाले तपाईंको जीवन जोगिन्छ । त्यसैले, यदि यो लेख पढ्ने कुनै पनि पाठकमा ‘मर्न मन लाग्ने विचार वा तलतल’ हुन्छ भने त्यसको सूचना आफन्त, साथी, वा अन्य विश्वासिलो व्यक्तिलाई दिनुहोस् ्र तपाईंको मनभित्र ‘मर्छु’ भन्ने विचारलाई सजिलैसंग निराकरण गर्न सकिन्छ ।

विचार विचार नै हो – मनमा आउँछन् र जान्छन् तर ‘मर्ने’ विचारचाहिं वारम्वार आउनु निकै अनिष्टको सूचक हुन्छन् । यदि कुनै व्यक्तिले तपाईंसंग सिरियस अवस्थामा पनि “मर्छु, मर्न मन लाग्छ, कसरी मर्ने हो, मर्दा त निकै आनन्द होला नि’ जस्ता संवादहरू गरिरहेको छ भने सुन्ने मान्छेले सावधान हुनुपर्छ । यस्तो सूचना दिनेले आफ्नो जीवनको सूरक्षा खोज्दै छ भनेर बुझ्नुपर्छ । उसलाई आफ्नो जीवनप्रति माया छ त्यसैले अन्त्यको सूचना दिंदैछ । हामी यहाँ चुक्नु हुँदैन । मनोबैज्ञानिकहरू भन्छन् –आत्महत्या गर्ने विचार भएको व्यक्तिले पूर्व–सूचना दिन्छ, आफ्नो व्यबहारमा निकै परिवर्तन गर्छ र यहाँसम्म कि जीवन रक्षाका लागि सहयोग प्राप्त गर्न मृत्युको बकपत्र पनि तयार पार्छ ।तर यो भाषालाई हामीले बुझ्नपर्छ ।

संसार अत्यन्त सुन्दर छ । यो संसारमा तपाईंको शरीर पनि एउटा अत्यन्त महत्वपूर्ण फल हो । यो फल १०० वर्ष चल्छ । शरीरलाई माया गरौँ, देवताको प्रसादका रूपमा ग्रहण गरौँ । हरेक परिस्थिति परिवर्तनशील छन्, दुःख पनि सकिन्छन् र आत्महत्या होइन, जीवनलाई रोजौं । सम्मानपूर्वक आफ्नो जीवन सुरक्षित राखौं र सधैं जीवनको लागि प्रेरणाका स्रोत बनौं । सूचना प्राप्त गर्नेले सूचनालाई महत्व दिनुपर्छ, सूचनादाताले पनि जीवनलाई रोज्ने बाटो नै अपनाउनु पर्छ । विश्वास गर्नुस्, मृत्यु भन्दा जीवन धेरै महत्वपूर्ण, मीठो, रमाईलो, फलदायी र समस्याहरूको समाधानका लागि विश्वसनीय र उपयोगी छ । त्यसैले जीवन रोजौं र जीवन रक्षाको लागि सूचना दिनेको गुहारलाई सशक्तरूपमा चिनेर सहयोग गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर