बायोमेडिकल ईन्जिनियरिङ्ग के हाे ? नेपालमा यसकाे अवस्था र आवश्यकता ।



ईन्जिनियरिङ्गका विभिन्न प्रविधिहरु प्रयोग गरेर मेडिकल समस्याहरु पहिचान तथा समाधान गर्ने विषय नै बायोमेडिकल ईन्जिनियरिङ्ग हो । अर्थात, स्वास्थ्य सेवा प्रणालीमा ईन्जिनियरिङ्गका सिद्धान्तहरु प्रयोगमा ल्याउने काम यसमा हुन्छ । यो विषय अन्तर्गत रोग पहिचानका लागि डाक्टरको सल्लाह बजोजिम ईसिजी, अल्ट्रासाउण्ड, इन्डोस्कोपी, एक्स–रे, सिटी स्क्यान लगायत ल्याब जाँचका मेसिनहरुको आवश्यकता पदर्छ भने निदानको लागि फिजियोथेरापी लगायत शरीर भित्र प्रत्यारोपण गर्ने उपकरण तथा डायलाइसिस र भेन्टिलेटर मेसिन आदिको समेत आवश्यकता पर्न सक्छ । यी सबै प्रविधिको निर्माण तथा सञ्चालन गर्ने काम बायोमेडिकल ईन्जिनियरहरुले गर्दछन् । उनीहरुले त्यसको मर्मत तथा सम्भार कार्य पनि गर्दछन् ।

डाक्टरहरु पनि बिरामीको उपचारका लागि बायोमेडिकल प्रविधिमा निर्भर हुन थालिसकेका छन् । सामान्य ज्वरो तथा रुघाखोकीको जाँचका लागि पनि पहिला बिरामीलाई ल्याबमा पठाइन्छ । सो जाँच गरेर आएको रिपोर्टका आधारमा डाक्टरहरुले उसको स्वास्थ्यबारे जानकारी पाउँछन् र औषधि लेखिदिन्छन् । ल्याबको सही रिपोर्टहरुको निर्भरता उपकरणहरुमा हुने भएकोले बायोमेडिकल ईन्जिनियरहरुको भूमिका बढी नै महत्वपूर्ण हुन्छ । अहिले त बिरामीको अपरेसन गर्दा पनि बायोमेडिकल ईन्जिनियरलाई साथमै राख्न थालिएको छ । किनकि अपरेशनको दौरान उपकरणमा केही समस्या आयो भने तत्कालै समाधान गर्नुपर्ने हुन्छ ।

ल्याबको सही रिपोर्टहरुको निर्भरता उपकरणहरुमा हुने भएकोले बायोमेडिकल ईन्जिनियरहरुको भूमिका बढी नै महत्वपूर्ण हुन्छ ।

बायोमेडिकल ईन्जिनियरिङ्गलाई चिकित्सा विज्ञान र ईन्जिनियरिङ्गको मिश्रणको रुपमा पनि लिइन्छ । जैविक चिकित्साजन्य वस्तु, तन्तु सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने देखि चिकित्सकीय क्षेत्रमा प्रयोग हुने उपकरण सञ्चालन गर्ने काममा बायोमेडिकल ईन्जिनियरको विशेष भूमिका हुन्छ ।

नेपालमा एउटा मात्र यस्तो कलेज छ, जहाँ बायोमेडिकल ईन्जिनियरिङ्ग विषयमा पढाई हुन्छ । काठमाडौंको कोपुण्डोलमा रहेको ‘कलेज अफ बायोमेडिकल ईन्जिनियरिङ्ग एन्ड एप्लाईड साईन्सेस’ मा सन् २००५ देखि स्नातकमा बायोमेडिकल ईन्जिनियरिङ्ग विषयको पढाई हुँदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बायोमेडिकल ईन्जिनियरिङ्ग पनि अन्य ईन्जिनियरिङ्ग जस्तै चार वर्षको काेर्स हुन्छ । बायोमेडिकल ईन्जिनियरिङ्गका लागि आवश्यक विभिन्न कोर्स र प्रयोगशालाहरु कलेजले उपलब्ध गराएकाे छ । त्यसकै आधारमा विद्यार्थीलाई सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । कलेजमा नभएका प्रविधिको प्रयोगका लागि विद्यार्थीलाई विभिन्न अस्पतालहरु तथा अनुसन्धान केन्द्रहरुमा लगिन्छ । त्यहाँ लगेर उपकरणहरु कसरी सञ्चालन गर्ने भन्ने बारे विद्यार्थीलाई प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ ।

काठमाडौंको कोपुण्डोलमा रहेको ‘कलेज अफ बायोमेडिकल ईन्जिनियरिङ्ग एन्ड एप्लाईड साईन्सेस’ मा सन् २००५ देखि स्नातकमा बायोमेडिकल ईन्जिनियरिङ्ग विषयको पढाई हुँदै आएको छ ।

अन्तिम वर्षका विद्यार्थीहरुले एक वर्ष लगाएर विभिन्न प्रोजेक्टहरु तयार गर्दछन् । ती अनुसन्धानात्मक प्रोजेक्टहरु उपकरण निर्माण तथा शरीर विज्ञान सम्बन्धि हुने गर्दछन् । बायोमेडिकलका लागि नयाँ प्रविधिको विकास गर्नुका साथै भईरहेका प्रविधिलाई परिमार्जन गर्ने विषयमा पनि यस्ता प्रोजेक्टहरु केन्द्रित हुन्छन् । उदाहरणका लागि शारीरिक रुपमा अशक्त मानिसका लागि स्मार्ट ह्वील चेयर बनेको छ । दृष्टिबिहीनका लागि अगाडीको बाटोमा कुनै अप्ठ्यारो आएमा ‘राेकिनुस्’ भन्ने, कता जानुपर्ने हो त्यसका आधारमा दायाँ–बाँया संकेत गर्ने लठ्ठी बनाइएको छ । सस्तो खाले ईसिजी मेसीन, अक्सिजन प्रदान गर्ने उपकरण लगायत थुप्रै डिभाइसहरु बनाउनुका साथै रिसर्चमा अझ बढी काम भएका छन् । शरीरभित्र हड्डीले काम नगरेको खण्डमा कसरी त्यहाँ कृत्रिम वस्तुको प्रयोग गरी नयाँ हड्डी बनाउने तथा भाँचिएको हड्डीलाई कसरी छिटो जोडिने बनाउन सकिन्छ भन्नेबारे अध्ययन भएका छन् ।

प्रकाशको प्रयोगद्वारा वाथरोग, मधुमेह तथा क्यान्सरको उपचार पद्दति (फोटो डाईनामिक थेरापी) तथा शरीर भित्र प्रत्यारोपण गरिने वस्तुलाई अझ प्रभावकारी बनाउने बारेमा थुप्रै अनुसन्धानहरु भएका छन् । यस्ता अनुसन्धानका तथ्यहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा समेत प्रकाशित गरिँदै आएको छ । त्यसैले हामी सैद्धान्तिक मात्र नभई प्रयोगात्मकको साथसाथै अनुसन्धानात्मक शिक्षामा जोड दिँदै अन्तराष्ट्रियस्तरको पढाई सञ्चालन गरिरहेका छौँ । कलेजमा अध्यापन तथा अनुसन्धानात्मक कार्यका लागि यस विधामा उच्च शिक्षा हासिल गरेका थुप्रै दक्ष प्राध्यापकहरु हुनुहुन्छ ।

शरीरभित्र हड्डीले काम नगरेको खण्डमा कसरी त्यहाँ कृत्रिम वस्तुको प्रयोग गरी नयाँ हड्डी बनाउने तथा भाँचिएको हड्डीलाई कसरी छिटो जोडिने बनाउन सकिन्छ भन्नेबारे अध्ययन भएका छन् ।

यस कलेजले सन् २००८ तथा २०१४ मा ठूला अन्तर्राष्ट्रिय सम्मेलनहरु सफलतापूर्वक आयोजना गरिसकेको छ । जसमा २० भन्दा बढी राष्ट्रका लब्धप्रतिष्ठित प्राध्यापक, लेखक, वैज्ञानिक, डाक्टर तथा ईन्जिनियरहरुको प्रस्तुति रहेको थियो । त्यसैगरी सन् २०१७ मा अन्तर्राष्ट्रिय गोष्ठी पनि आयोजना गरेको थियो ।

यी सबै कारणले गर्दा यस कलेजले विश्वविद्यालय अनुदान आयोगबाट नेपालकै पहिलो निजी कलेजहरुमध्ये तथा काठमाण्डौ उपत्यकाको ईन्जिनियरिङ्ग कलेजहरुमध्येबाट पहिलो गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण(क्यूएए) प्रमाणपत्र प्राप्त गर्न सफल हुनुका साथै शिक्षा मन्त्रालयवाट समेत सर्वोत्कृष्ट कलेज पुरस्कार प्राप्त गर्न सफल भइसकेको छ ।

१३ ब्याच उत्पादन हुँदासम्म कलेजले करिब पाँच सय बायोमेडिकल ईन्जिनियर उत्पादन गरेको छ, जसमध्ये केही नेपालमा कार्यरत छन् भने केही उच्च शिक्षाकाे लागि विदेश गएका छन् । विदेश जानेहरूमध्ये केही उतै पनि काम तथा अध्यापन/अनुसन्धान पेशामा संलग्न छन् । अघिल्ला वर्षहरुमा एक ब्याचमा ६० जना विद्यार्थीलाई भर्ना लिइन्थ्यो भने गत वर्षदेखि त्यो संख्या बढाएर ९६ पुर्‍याइएको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट नेपालमा पहिलाे पटक गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण(क्यूएए) प्रमाणपत्र प्राप्त गर्न सफल हुनुका साथै शिक्षा मन्त्रालयवाट समेत सर्वोत्कृष्ट कलेज पुरस्कार प्राप्त गर्न सफल भइसकेको छ ।

हामीकहाँ हालसम्म उच्च अध्ययनको व्यवस्था नभएकोले आधाभन्दा धेरै विद्यार्थी पढाईकै सिलसिलामा बाहिरएका छन् । तर आगामी वर्षबाटै यस कलेजमा स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने प्रबल सम्भावना रहेकोले यो समस्याको धेरै हदसम्म समाधान हुने कुरामा हामी विश्वस्त छौं । नेपालमै रहेकाहरुमध्ये हालसम्म कोही पनि बेरोजगार बस्नु परेको छैन । सरकारी तथा निजी अस्पताल बाहेक केही बायोमेडिकल उपकरण सम्बन्धित कम्पनीहरुमा कार्यरत छन् भने केही स्वास्थ्य सेवा विभाग, तालिम केन्द्र, शिक्षण संस्थाहरु लगायत अनुसन्धान केन्द्रमा समेत कार्यरत छन् । बजारमा बायोमेडिकल ईन्जिनियरहरुको माग प्रत्येक वर्ष बढिरहेको छ । तर हामीले बजारको आवश्यकता अनुसार बायोमेडिकल ईन्जिनियरहरु पूर्ति गर्न सकिरहेका छैनौँ । मुख्यतया सरकारी तथा निजी अस्पतालहरुमा यस्तो जनशक्ति खपत हुने गरेको छ । काठमाडौं मात्र नभएर काठमाडौं बाहिरका अस्पतालहरुमा पनि यस्तो जनशक्ति उत्तिकै खपत भइरहेकोे छ ।

नेपालमा हाल पाँच सयभन्दा बढी अस्पताल छन् । तर अहिलेसम्म बायोमेडिकल ईन्जिनियरिङ्ग पढेका जनशक्ति छ सय हाराहारी मात्र उत्पादन भएका छन् जसमध्ये आधाजति त विदेशमै छन् । यस्तो अवस्थामा यहाँ बायोमेडिकल ईन्जिनियरहरुको भविष्य सुनिश्चित छ । एउटा सामान्य अस्पतालमा एकजना मात्र यस्तो जनशक्ति राख्ने हो भने पनि सयौं जनशक्ति त भर्खरै खपत हुने देखिन्छ । ठूला अस्पतालमा त ८/१० जनासम्म यस्तो जनशक्ति आवश्यक पर्छ । यस हिसाबले बायोमेडिकल ईन्जिनियरिङ्ग पढेकै दक्ष जनशक्तिको हामीकहाँ अझै अभाव छ । बायोमेडिकल ईन्जिनियरिङ्ग नपढेको जनशक्तिले नै अस्पतालमा रहेका उपचार प्रविधिहरुको प्रयोग तथा सञ्चालन गरिहेको अवस्था छ । उनीहरुले काम गर्दै सिक्दै गर्ने हो । बायोमेडिकल ईन्जिनियरिङ्ग पढेकाहरु भने सैद्धान्तिक तथा व्यवहारिक रुपमै दक्ष हुन्छन् । त्यसैले पनि पछिल्लो समय बायोमेडिकल ईन्जिनियरिङ्ग पढेकाहरुलाई नै अस्पतालले प्राथमिकतामा राखिरहेका छन् ।

अहिलेसम्म बायोमेडिकल ईन्जिनियरिङ्ग पढेका जनशक्ति छ सय हाराहारी मात्र उत्पादन भएका छन् जसमध्ये आधाजति त विदेशमै छन् । यस्तो अवस्थामा यहाँ बायोमेडिकल ईन्जिनियरहरुको भविष्य सुनिश्चित छ ।

स्वास्थ्य सेवा विनियमावलीमा हरेक एक सय बेडको अस्पतालमा एक जना बायोमेडिकल ईन्जिनियर हुनैपर्ने भन्ने प्रावधान छ । तर, हालसम्म त्यो लागु हुन सकेको छैन । यदि लागु हुने हो भने कहाँबाट पुर्‍याउन सकिएला त्यत्रो जनशक्ति ? अहिले हामीले कलेजकै खर्चमा प्रयोगशाला तथा पूर्वाधार निर्माण गरेर विद्यार्थी पढाइरहेका छौं । तर, अझ व्यवस्थित तथा प्रभावकारी ढंगले अध्ययन–अध्यापन गराउनका लागि लगानी धेरै चाहिन्छ । सरकारले सहयोग गरेर यो वातावरण बनाइदिने हो भने हामी देशको आवश्यकता अनुसार बायोमेडिकल ईन्जिनियर उत्पादन गर्न सक्छौँ ।

पछिल्लो समय लोक सेवा आयोगले पनि बायोमेडिकल ईन्जिनियरकै दरबन्दीका कर्मचारी माग गर्न थालेको छ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । केही समय अघिसम्म बायोमेडिकल ईन्जिनियर चाहिएको खण्डमा पनि अन्य ईन्जिनियरिङ्ग विधामै माग हुँदै आएको थियो । अहिले भने एक/दुई सिट मात्र भनेर भए पनि माग गरिएको छ जसलाई बढाउनु पर्ने नितान्त आवश्यक छ ।

चार वर्षका दौरान विद्यार्थीले मेसिनहरु सञ्चालन मात्र होइन त्यसको व्यवस्थापनको हरेक पक्षमा जानकार हुन्छन् । मेसिन बिग्रिएको खण्डमा उनीहरु बनाउन पनि सक्छन् । हामी विद्यार्थीलाई ‘बायोमेडिकल ईक्विप्मेन्ट मेन्टेनेन्स’ भन्ने कोर्स नै पढाउँछौँ । यो कोर्स प्रयोगात्मक शिक्षामा आधारित छ जसमा बिग्रिएका मेसिनहरुलाई खोलेर मर्मत गर्न सिकाइन्छ । यसबाहेक अन्तिम वर्षमा चिकित्सा उद्योग व्यवस्थापन तथा ईन्जिनियरिङ्ग पेशाका कुराहरु पनि सिकाइन्छ । बजारमा कसरी काम गर्ने तथा कसरी अस्पताल व्यवस्थापन गर्ने भन्ने कुराहरु पनि सिकाएर हामी विद्यार्थीहरुलाई सक्षम ईन्जिनियर बनाउँछौँ ।

सरकारले सहयोग गरेर यो वातावरण बनाइदिने हो भने हामी देशको आवश्यकता अनुसार बायोमेडिकल ईन्जिनियर उत्पादन गर्न सक्छौँ ।

बायोमेडिकल ईन्जिनियरिङ्ग पढेका विद्यार्थीहरु अस्पतालमा बाहेक अनुसन्धानमा आधारित भएर पनि काम गर्न सक्छन् । उपचार पद्धतिलाई सहज र सर्वसुलभ बनाउन के–कस्ता प्रविधिहरु उत्पादन गर्न सकिन्छ र हाल रहेका प्रविधिमा के सुधार गर्न सकिन्छ भनेर रिसर्च गर्नेहरुको संख्या पनि धेरै छ । नेपालमा यस्ता खाले अनुसन्धानका लागि सरकारी तवरबाट कुनै सहयोग प्राप्त हुँदैन । त्यसैले यहाँ अध्ययन गरेका विद्यार्थीहरु विदेश गएर पनि विभिन्न किसिमका अनुसन्धानात्मक कार्यहरुमा संलग्न भएका छन् । कार्यस्थलमा होस् या खेलमैदानमा, कसरी चोटपटक कम गरी कार्यक्षमता बढाउन सकिन्छ भन्ने बारेमा पनि अध्ययन तथा अनुसन्धान भइरहेकोे छ ।

केही वर्ष अघिसम्म फलानो अस्पतालमा लामो समयदेखि मेसिन बिग्रियो भन्नेजस्ता समाचारहरु आउँथे । तर, पछिल्ला वर्षहरुमा यस्ता समाचार कम भएका छन् । त्यसको कारण हो बायोमेडिकल ईन्जिनियरहरु अस्पतालमा फैलनु । बायोमेडिकल ईन्जिनियरले मेसिन पनि आफै बनाउने भएकाले यो समस्या हल हुँदै गएको छ । बायोमेडिकल ईन्जिनियरिङ्गमा विद्यार्थीको आकर्षण पनि बढ्दो छ । पढाई सकिएपछि तत्काल रोजगारी पाइने भएका कारण पनि यसतर्फ आकर्षण बढेको हो ।

बायोमेडिकल ईन्जिनियरिङ्गमा विद्यार्थीको आकर्षण पनि बढ्दो छ । पढाई सकिएपछि तत्काल रोजगारी पाइने भएका कारण पनि यसतर्फ आकर्षण बढेको हो ।

अर्को कुरा, अस्पतालमा बिरामीको उपचारका लागि महत्वपूर्ण भूमिका हुने भएकाले पनि विद्यार्थीहरु बायोमेडिकल ईन्जिनियरिङ्ग पढ्न रुचाउँछन् । आर्थिक वा अन्य कारणले डाक्टर बन्न नसकेकाहरुको लागि पनि बायोमेडिकल ईन्जिनियरिङ्ग विषय आकर्षण बनेको छ । अस्पतालमा तहगत हिसाबले पनि बायोमेडिकल ईन्जिनियरको माग सिधै सातौँ, आठौँ तहमा गरिन्छ । पढाई पछि देश तथा विदेशमा समेत प्रशस्त अवसरहरु प्राप्त हुने देखिन्छ । प्लस टू(साइन्स)मा फिजिक्स, केमेष्ट्री, गणित तथा अंग्रेजी विषयहरुमा कम्तिमा ४५ प्रतिशत अंक वा सि ग्रेड ल्याएका विद्यार्थीहरु बायोमेडिकल ईन्जिनियरिङ्गको प्रवेश परीक्षाको लागि आवेदन दिन योग्य हुन्छन् ।

शेखर खनाल, एम एस, बायोमेडिकल इन्जिनियरिङ्ग
सहायक क्याम्पस प्रमुख, कलेज अफ बायोमेडिकल ईन्जिनियरिङ्ग एण्ड एप्लाइड साईन्सेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन आयोगद्वारा समानुपातिकको सिट बाँडफाँट, कसले कति पाए सिट ?

काठमाडौं ।  निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत

महाकालीमा तटबन्ध निर्माण रोक्न भारत सहमत

धनगढी । दार्चुलास्थित महाकाली नदी पारी भारतले एकतर्फी रुपमा निर्माण सुरु गरेको तटबन्धका

संसद सचिवालयका महासचिवको पत्र कार्यान्वयन नगर्न बारको आग्रह

काठमाडौं । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन पत्रलाई निष्प्रभावी

कुन कानुनअनुसार महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चले सोध्यो संसद्का महासचिवलाई प्रश्न

काठमाडौँ । सर्वोच्च अदालतले संसदलाई निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कुन संवैधानिक र